लण्डन: भारतका प्रमुख पेस बलर जसप्रीत बुमराहलाई ईंग्ल्याण्डविरुद्ध ५ वटा म्याचको सीरीजमा ३ वटा टेस्ट म्याचको कोटा पूरा गरेपछि टीमबाट रिलीज गरियो। यसको साथै भारतीय क्रिकेटका हितधारकहरूबीच उनको आउँदो अन्तर्राष्ट्रिय म्याचमा भागीदारीमाथि चर्चा शुरु भएको छ। ईंग्ल्याण्ड यात्रामा ३१ वर्षीय बुमराहले ३ वटा म्याचमा ११९.४ ओभर बलिंग गरी १४ विकेट लिए। बीसीसीआईद्वारा जारी बयानमा भनिएको छ, जसप्रीत बुमराहलाई ईंग्ल्याण्डविरुद्ध सीरीजको पाँचौं टेस्ट म्याचको निम्ति भारतीय टीमबाट रिलीज गरिएको छ। बुमराहले यस सीरीजमा २ पल्ट (हेडिंग्लेमा पहिलो र लर्ड्समा तेस्रो टेस्ट) ईनिंग्समा ५–५ विकेट लिए। उनले म्यानचेष्टर टेस्ट म्याचको अवधि आफ्नो करियरमा पहिलोपल्ट एउटा ईनिंग्समा १०० भन्दा अधिक रन खर्च गरे। बुमराहले अहिलेसम्म ४८ वटा टेस्ट म्याच खेलेर २१९ विकेट लिएका छन्। भारतीय टीमको ईंग्ल्याण्ड यात्रा शुरु हुन अघि नै चयन समितिका अध्यक्ष अजीत अगरकरले बुमराह आफ्नो कार्यभार प्रबन्धनअन्तर्गत ५ वटा म्याचको सीरीजमा केवल ३ वटा टेस्ट म्याचमा खेल्ने घोषणा गरेका थिए।
ईंग्ल्याण्डविरुद्ध सीरीज समाप्त भएपछि भारतको अघिल्लो अन्तर्राष्ट्रिय म्याच एशिया कपमा रहेको छ, जुन टी२० प्रारूपमा खेलिनेछ। बुमराहले यस टुर्नामेण्टमा खेले आश्चर्यको कुरा हुनेछ कारण यूएई-मा हुने यस टुर्नामेण्ट समाप्त भएको एक हप्ताभन्दा कम्ती समयमा वेष्ट इण्डिजविरुद्ध घरेलु टेस्ट सीरीज शुरु हुनेछ। एशिया कप २९ सेप्टेम्बरमा समाप्त हुनेछ अनि वेष्ट इण्डिजविरुद्ध सीरीजको पहिलो टेस्ट म्याच २ अक्टोबरदेखि अहमदाबादमा शुरु हुनेछ। त्यसपछि दोस्रो टेस्ट म्याच १०–देखि १४ अक्टोबरसम्म नयाँ दिल्लीमा खेलिनेछ। त्यसपछि नोभेम्बरमा दक्षिण अफ्रिकाविरुद्ध २ वटा टेस्ट म्याचको सीरीज पनि रहेको छ। भारतीय टीमको चयन प्रक्रियाबारे जानकारी राख्ने बोर्डका एकजना अधिकारीले गोपनीयताको शर्तमा पीटीआई–लाई भने, यो मुश्किल फसेला हुनेछ कारण बुमराहले टेस्ट क्रिकेट मन पराउँछन् अनि वर्ल्ड टेस्ट च्याम्पियनशीप (डब्ल्यूटीसी) पोइण्ट्स पनि रहनेछ। यसबाहेक टी२० क्रिकेटको कुरा आउँदा उनले जनवरीमा न्यूजील्याण्डविरुद्ध सीरीजमा खेल्न सक्नेछन्, जसले उनलाई टी२० वर्ल्ड कपको तयारी गर्ने अवसर प्रदान गर्नेछ। यसबाहेक बुमराहले एशिया कपमा खेले अनि भारत फाइनलमा पुगे उनको निम्ति अहमदाबाद टेस्ट म्याचमा खेल्नु मुश्किल हुनेछ। के हामीलाई वेष्ट इण्डिजविरुद्ध बुमराहको आवश्यकता पर्नेछ या उनले एशिया कपमा खेलेर आराम गरेर दक्षिण अफ्रिकाविरुद्ध २ वटा टेस्ट म्याचको सीरीज खेल्नु पर्नेछ? अहिले यो सबैभन्दा महत्त्वपूर्ण प्रश्न बनेको छ। यो फसेला अजीत अगरकर र गौतम गम्भीरले लिनु पर्नेछ। उल्लेखनीय छ, आउँदो साल भारत र श्रीलंकामा एशिया कपको आयोजन हुनेछ। टुर्नामेण्ट टी२० प्रारूपमा खेलिनेछ। यसैकारण बुमराहले आउँदो केही समयसम्म वनडे क्रिकेट खेल्ने सम्भावना कम्ती नै रहेको छ।