मुम्बई: पश्चिम क्षेत्र चयन समितिले शुक्रवार आगामी दलीप ट्रफी म्याचहरूका निम्ति शार्दुल ठाकुरलाई १५ सदस्यीय टीमको कप्तान नियुक्त गऱ्यो। बीकेसीस्थित एमसीए-को शरद पवार इण्डोर क्रिकेट एकाडमीमा भएको चयन बैठकपछि शार्दुल ठाकुरलाई कप्तान नियुक्त गरिएको घोषणा गरियो। टीममा मुम्बईका ७, गुजरातका ४ तथा महाराष्ट्र र सौराष्ट्रका २–२ जना खेलाड़ीलाई स्थान दिइएको छ। टीममा ठाकुरको साथमा यशस्वी जयसवाल, श्रेयस अय्यर र सरफराज खान जस्ता स्टार खेलाड़ीहरू पनि सामेल छन्। महाराष्ट्रका रुतुराज गायकवाड़ पनि टीमको हिस्सा हुन्। यसबीच अजिंक्य रहाणे र चेतेश्वर पुजारालाई चाहिँ टीममा स्थान प्राप्त भएन। मुम्बई क्रिकेट एसोसिएशनका सञ्जय पाटिलको अध्यक्षतामा रहने चयन समितिले ७ अतिरिक्त खेलाड़ीहरूका एउटा विस्तृत सूची पनि जारी गरेको छ, जसमा महेश पिठिया, शिवालिक शर्मा, मुकेश चौधरी, सिद्धार्थ देसाई, चिन्तन गजा, मुशीर खान र उर्विल पटेल सामेल छन्। टुर्नामेण्ट २८ अगस्तमा २ वटा क्वार्टर फाइनलको साथ शुरु हुनेछ। सेमिफाइनलमा सीधा प्रवेश पाउने पश्चिमी क्षेत्रको टीमले ४ सेप्टेम्बरदेखि आफ्नो अभियान शुरु गर्नेछ। फाइनल ११ सेप्टेम्बरदेखि खेलिनेछ। सबै म्याचहरू बेंगलुरुस्थित बीसीसीआईको सेण्टर अव् एक्सीलेन्स मैदानमा खेलिनेछ।
पश्चिमी क्षेत्रको टीम यसप्रकार छः
शार्दुल ठाकुर (कप्तान), यशस्वी जयसवाल, आर्य देसाई, हरविक देसाई, श्रेयस अय्यर, सरफराज खान, रुतुराज गायकवाड़, जयमीत पटेल, मनन हिंगराजिया, सौरभ नवले, शम्स मुलानी, तनुश कोटियन, धर्मेन्द्र जडेजा, तुषार देशपाण्डे र अरजान नागवासवाला।