बंगाली नागरिकको हत्या, अभियुक्त पक्राउ

IMG-20250730-WA0125

काठमाडौं: काठमाडौंमा एक बंगलादेशी नागरिकको हत्या भएको छ। सुन व्यवसायमा संलग्न ५५ वर्षीय सुब्रत पालको हत्या आरोपमा ४२ वर्षीय श्याम कालिकोटे पक्राउ परेका हुन्।
उनीहरू दुवै गोंगबु क्षेत्रमा एउटै घरमा बस्दै आएका थिए।
पुलिसका अनुसार, घटना मध्यराततिर भएको अनुमान गरिएको छ। हत्यापछि कालिकोटे फरार भएका थिए, तर उनलाई उपत्यका अपराध अनुसन्धान कार्यालय र काठमाडौं पुलिसको संयुक्त टोलीले गोंगबुबाटै पक्राउ गरेको हो।
पुलिस वृत्त, जनसेवाले घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement