उरुग्वेविरुद्ध एकतर्फी जीतको साथ ब्राजील फाइनलमा पुग्न सफल

photocollage_2025730155332633

क्विटो: गत ४ पल्टको च्याम्पियन ब्राजीलले इक्वाडोरको क्विटोमा जारी कोपा अमेरिका फेमिनिना महिला फूटबल टुर्नामेण्टको फाइनलमा प्रवेश गऱ्यो। टुर्नामेण्टको दोस्रो सेमिफाइनल म्याचमा ब्राजीलले उरुग्वेविरुद्ध ५-१-ले जीत हासिल गऱ्यो। यस जीतको साथ ब्राजीलले पाँचौं पल्ट टुर्नामेण्टको फाइनलमा प्रवेश गऱ्यो। म्याचको पहिलो हाफको आधा घण्टा भित्रै ३ गोल गरी ब्राजीलले आफ्नो जीत लगभग तय गरेको थियो। म्याचमा ६९ प्रतिशत पोजेशनको साथ खेल्ने ब्राजीलबाट अमाण्डा गुटिरेसले ११औं मिनटमै पहिलो गोल गरिन्। त्यसको २ मिनटपछि जियोवाना क्विरोजले ब्राजीलको बढ़तलाई दोब्बर पारिन्। स्टार खेलाड़ी मार्ताले पछिबाट २७औं मिनटमा पेनल्टीबाट गोल गरी स्कोर ३-० पुऱ्याइन्। दोस्रो हाफको खेलमा ब्राजीलकी डिफेण्डर इसा हासले ५१औं मिनटमा आत्मघाती गोल गर्दा उरुग्वेले म्याचको एकमात्र गोल हासिल गऱ्यो। अमाण्डाले ६५औं मिनटमा व्यक्तिगत दोस्रो गोलको साथ स्कोर ४-१ पुऱ्याइन्। अन्तमा डुडिन्हाले ८६औं मिनटमा अझ एक गोल गरी ब्राजीललाई ५-१-ले जीत दिलाइन्। अब शनिवार खेलिने फाइनलमा ब्राजीलको भिड़न्त कोलम्बियासँग हुनेछ। कोलम्बियाले पहिलो सेमिफाइनलमा अर्जेण्टिनालाई पेनल्टी शूटआउटमा ५-४-ले पराजित गरेको थियो। अर्जेण्टिनाले अब तेस्रो स्थानको म्याचमा उरुग्वेको चुनौती स्वीकार्नेछ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement