प्रधानमन्त्रीको भारत भ्रमणको माध्यमबाट पञ्चेश्वर परियोजना अगाडि बढाउने तयारी

IMG-20250729-WA0092

बिर्तामोड: ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले वर्षौंदेखि अड्किएको बहुप्रतिक्षित पञ्चेश्वर परियोजनालाई दुवै देशको हितमा बनाउन गहन प्रयास भइरहेको बताएका छन्।
प्रधानमन्त्री केपी शर्मा ओलीको आगामी भारत भ्रमणको क्रममा पञ्चेश्वर परियोजनालाई अगाडि बढाउन महत्वपूर्ण सम्झौतामा पुग्न मन्त्रालयले गहन प्रयास गरिरहेको उनले बताए।
प्रेस युनियन कैलालीले मंगलबार धनगढीमा आयोजना गरेको पत्रकार सम्मेलनमा यो जानकारी दिइएको हो।
नेपाल र भारतबीच २० वर्षदेखि पञ्चेश्वर परियोजना अगाडि बढाउने सम्झौता भए पनि प्रगति नभएका कारण नेपालले अहिलेसम्म एक खर्ब रुपैयाँको नोक्सानी बेहोरेको उनले बताए।
त्यसैले, दुवै पक्षको हितमा पञ्चेश्वर परियोजना लगायतका अन्य परियोजनाहरूमा वार्ता गर्न र प्रधानमन्त्रीको भारत भ्रमणको क्रममा पञ्चेश्वरमा सहमति हुन नसकेका मुद्दाहरू समाधान गर्न मन्त्रालयले गहन प्रयास गरिरहेको उनले बताए।
प्रधानमन्त्री केपी शर्मा ओलीको बहुप्रतिक्षित भारत भ्रमण भादौ ३१ मा हुने तय भएको छ।
खड्काले नेपालमा ऊर्जा क्षेत्रमा अपार सम्भावना भए पनि स्रोत, वित्तीय समस्या र कानुनी अवरोधका कारण पश्चिम सेती जस्ता महत्वपूर्ण परियोजनाहरू लामो समयदेखि अगाडि बढ्न नसकेको बताए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement