नयाँ दिल्ली: ईंग्ल्याण्ड एवम् वेल्स क्रिकेट बोर्ड (ईसीबी)-ले एण्डरसन-तेन्दुलकर ट्रफीको पाँचौं तथा अन्तिम टेस्ट म्याचको निम्ति आफ्नो १५ सदस्यीय टीमको घोषणा गऱ्यो। सीरीजको अन्तिम टेस्ट म्याचको निम्ति पेस बलिंग अलराउण्डर जेमी ओवरटनलाई टीममा सामेल गरिएको छ। ओवरटनलाई कप्तान बेन स्टोक्सको कवरको रूपमा सामेल गरिएको छ, जसले म्यानचेष्टर टेस्ट म्याचको अवधि ह्यामस्ट्रिंगको चोटसँग जुझ्नु परेको थियो। यसैकारण ईसीबी-ले सतर्कता अवलम्बन गर्दै ओवरटनलाई टीममा सामेल गरेको छ। द ओवलमा हुने पाँचौं टेस्ट सीरीजको निर्णायक म्याच हुनेछ, जसमा दुवै टीम जीतको लक्ष्य लिएर मैदानमा ओर्लिनेछ। सीरीजमा ईंग्ल्याण्ड अहिले पनि २-१-ले अघि रहेको छ तर भारतीय टीमले पनि पहिलो टेस्टदेखि नै आयोजक टीमलाई उनीहरूकै घरेलु मैदानहरूमा कड़ा चुनौती दिएको छ। यसैकारण शुभमन गिलको कप्तानीमा रहने भारतीय टीमको लक्ष्य पाँचौं टेस्ट म्याच जितेर सीरीज २-२-ले ड्र गर्ने रहनेछ। ईंग्ल्याण्डले आफ्नो घरेलु परिस्थितिहरूमा आक्रामक क्रिकेट खेले पनि भारतीय टीमले अहिलेसम्म लड़ाकू मानसिकताको साथमा संयम पनि देखाएको छ। अब ईंग्ल्याण्डमाथि दबाउ सृष्टि गर्न पाँचौं टेस्ट म्याचमा भारतीय ब्याटरहरूले ठूलो स्कोर बनाउनु पर्नेछ अनि बलरहरूले महत्त्वपूर्म समयमा विकेट हासिल गर्नु पर्नेछ।
भारतविरुद्ध पाँचौं टेस्ट म्याचको निम्ति ईंग्ल्याण्डको टीम यसप्रकार छः
बेन स्टोक्स (कप्तान), जोफ्रा आर्चर, गस एटकिन्सन, जेकब बेथेल, ह्यारी ब्रूक, ब्रायडन कार्स, ज्याक क्रली, लियाम डसन, बेन डकेट, जेमी ओवरटन, ओली पोप, जो रुट, जेमी स्मिथ (विकेटकीपर), जोश टंग र क्रिस वोक्स।