हम्पीलाई टाईब्रेकरमा पराजित गरी दिव्या बनिन् फिडे महिला विश्व कप च्याम्पियन

IMG-20250728-WA0137

नयाँ दिल्ली: महिला चेस विश्व कपको फाइनलमा दिव्या देशमुखले ग्राण्डमास्टर तथा आफ्नै देशकी कोनेरू हम्पीलाई पराजित गरी खिताब आफ्नो नाम गरिन्। उनी फिडे महिला चेस विश्व कपको खिताब जित्ने पहिलो भारतीय महिला बनेकी छन्। हम्पीसँग फाइनलमा पुनरागमन गर्ने सामान्य मौका थियो तर उनले त्यसको फाइदा उठाउन सकिनन्। दिव्याले कालो गोट्टीले खेल्दै असाधारण जीत दर्ता गरिन्। अन्तर्राष्ट्रिय ग्राण्ड मास्टर दिव्या देशमुखले आफूभन्दा उच्च ऱ्याङकिंग भएकी हम्पीलाई फाइनलको पहिलो र दोस्रो गेममा कुनै मौका दिइनन्। यसरी दुवै चरण ड्र रहेको थियो। यसरी फाइनलको फसेला टाईब्रेकरद्वारा गरियो। टाईब्रेकरमा १५–१५ मिनटको २ वटा गेम हुन्छ, जसमा हरेक चालपछि १० सेकेण्डको बढ़ोत्तरी हुन्छ। त्यसपछि पनि स्कोर बराबरीमा रहे दुवै खेलाड़ीलाई १०–१० मिनट प्रति गेमको हिसाबले अझ एउटा सेट खेल्ने मौका प्राप्त हुन्छ। त्यसमा पनि हरेक चालपछि १० सेकेण्डको बढ़ोत्तरी हुन्छ। दिव्या र हम्पीबीच पहिलो ऱ्यापिड टाईब्रेकर ड्र रह्यो अनि दोस्रो टाईब्रेकरमा चाहिँ फसेला अघि आयो। म्याचको दोस्रो टाईब्रेकरमा पनि परिणाम अघि नआए ५–५ मिनटको अझ २ वटा गेम हुन्छ, जसमा हरेक चालपछि ३ सेकेण्डको बढ़ोत्तरी हुन्छ। त्यसपछि एक गेमको खेल हुन्छ, जसमा दुवै खेलाड़ीलाई ३ मिनट प्राप्त हुन्छ अनि २ सेकेण्डको बढ़ोत्तरी हुन्छ तर त्यसको कुनै आवश्यकता परेन। नागपुरकी १९ वर्षीय दिव्या अहिले खिताब जितेर ग्राण्डमास्टर बनिसकेकी छन्। दिव्याले फिडे महिला चेस वर्ल्ड कप मात्र नजितेर ग्राण्डमास्टरको खिताब पनि जितिन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement