नाटकीय घटनाक्रमपछि ह्यारी ब्रूकलाई बलिंग गर्न लगाउने फसेलालाई सही बताए कप्तान स्टोक्सले

IMG-20250728-WA0066

म्यानचेष्टर: भारत र ईंग्ल्याण्डबीच म्यानचेष्टर टेस्ट म्याचको पाँचौं दिन मैदानमा नाटकीय घटनाक्रमहरू देख्न पाइयो। भारतीय ब्याटरहरू रविन्द्र जडेजा र वाशिंगटन सुन्दरले ईंग्ल्याण्डका कप्तान बेन स्टोक्सको म्याचको अन्तिम घण्टा शुरु हुन अघि नै ड्र-मा सहमति जनाउने प्रस्तावलाई खारेज गरे। यसले गर्दा रिसाएका आयोजक टीमका खेलाड़ीहरूले जडेजा र सुन्दरलाई घेरेर स्लेजिंग शुरु गरे। यतिमात्र नभएर स्टोक्सले ह्यारी ब्रूक र जो रुटलाई बलिंग आक्रमणमा लगाए। रुट पार्ट टाइम स्पिनर हुन् जबकि ब्रूकले कम्ती नै बलिंग गर्छन्। म्याचको पाँचौं दिन पहिला जडेजा अनि पछिबाट सुन्दरले शतक पूरा गर्नको साथै म्याच ड्र-मा समाप्त गर्न घोषणा भयो। म्याच समाप्त भएपछि पूरा घटनाक्रमलाई लिएर स्टोक्सको आलोचना भइरहेको छ। म्याचपछि प्रेस कन्फ्रेन्समा चाहिँ स्टोक्सले यसबारे आफ्नो मत व्यक्त गरे। भारतीय खेलाड़ीहरूलाई जबरजस्ती म्याच ड्र गर्न लगाउने प्रयासको निम्ति आलोचनाको शिकार हुने स्टोक्सले जडेजा र सुन्दरको प्रशंसा पनि गरे।
स्टोक्सले भने, उनीहरू दुईजना (जडेजा र सुन्दर)-ले जुन ईनिंग्स खेले त्यो असाधारण थियो। शून्य रनमा २ विकेट अनि पछिबाट शुभमन गिल र केएल राहुलको विकेट पनि पतन भएपछि हामीले म्याच जित्ने प्रयास गऱ्यौं तर जडेजा र सुन्दरबीच भएको पार्टनरशीपले नतीजा अलग भयो। उनीहरूले अविश्वसनीय खेल देखाए अनि यसको निम्ति उनीहरू प्रशंसाको पात्र हुन्। यसबाहेक आफ्नो टीमलाई मुश्किल परिस्थितिबाट बाहिर निकालिसकेपछि अविजित ८०–९० रन बनाउनुको स्थानमा अविजित १०० रन बनाउँदा अधिक सन्तुष्टि प्राप्त हुन्छ जस्तो मलाई लाग्दैन। तपाईंले म्याच बचाएर आफ्नो टीमको निम्ति ठूलो काम गर्नु भयो। त्यसपछि १० रन अधिक बनाउँदा तथ्य बद्लिने छैन कारण टेस्ट ड्र हुने तय थियो। ब्रूक र रुटलाई बलिंग गर्न लगाउने स्टोक्सको फसेलाको पनि धेरैले आलोचना गरेका छन्। स्टोक्सले आफ्नो फसेलालाई सही ठहऱ्याएका छन्। स्टोक्सको भनाइअनुसार, म्याच ड्र हुने तय भएको हुनाले उनी अन्तिम ओभरहरूमा आफ्ना प्रमुख बलरहरूलाई चोट लाग्ने जोखिमबाट बचाउन चाहन्थे। उनले भने, मेरो विचारमा हामीले आफ्ना प्रमुख बलरहरूका साथ म्याचलाई जहाँसम्म लैजान सक्थ्यौं, त्यहाँसम्म पुऱ्यायौं। हामीसँग म्याच जित्ने वास्तविक मौका रहेको भए प्रमुख बलरहरूले नै बलिंग गर्ने थिए तर म्याच ड्र हुने तय भएको हुनाले म आफ्ना फ्रण्ट लाइन बलरहरूलाई लिएर कुनै जोखिम उठाउन चाहदिन थिएँ। पूरा सीरीजको अवधि कठिन कार्यभारपछि जोखिम उठाउन सही रहने थिएन। यसैकारण अन्तिम १५ ओभर या अन्तिम घण्टामा कुनै पनि समय हात मिलाउने फसेला लिन सकिन्थ्यो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement