स्पेनलाई पराजित गरी महिला यूरो कपको खिताब जित्न सफल ईंग्ल्याण्ड

IMG-20250728-WA0070

बासेल: गत विजेता ईंग्ल्याण्डले वर्ल्ड च्याम्पियन स्पेनलाई पेनल्टी शूटआउटमा ३–१-ले पराजित गरी लगातार दोस्रोपल्ट महिला यूरोपियन फूटबल च्याम्पियनशीप (यूरो २०२५)-को खिताब जित्यो। यस जीतको साथै ईंग्ल्याण्डले स्पेनसँग वर्ल्ड कप २०२३-को फाइनलमा प्राप्त भएको हारको पनि बद्ला लियो। यसरी स्पेन चाहिँ खिताबको ह्याट्रिक पूरा गर्नदेखि चुक्यो। स्पेनको महिला फूटबल टीमले वर्ल्ड कपको साथमा २०२४-मा यूएफा नेशन्स लीगको खिताब पनि जितेको थियो। सेण्ट जेकोब पार्कमा ६५ प्रतिशत पोजेशनको साथ खेल्ने स्पेनको शुरुवात असल रह्यो। मारिओना काल्डेण्टेले २५औं मिनटमा हेडरद्वारा गोल गरी स्पेनिश टीमलाई म्याचमा बढ़त दिलाइन्। मध्यान्तरसम्म स्पेन १–०-ले अघि रहेको थियो। दोस्रो हाफको खेलमा चाहिँ ईंग्ल्याण्डले बराबरी हासिल गऱ्यो। ईंग्ल्याण्डको तर्फबाट एलेसिया रुस्सोले ५७औं मिनटमा हेडरद्वारा गोल गरी स्कोर १–१-को बराबरीमा पुऱ्याइन्।
निर्धारित समयमा थप गोल नहुँदा अतिरिक्त समयको खेल भयो तर त्यसमा कुनै दुवै टीमले गोल गर्न सकेन। त्यसपछि पेनल्टी शूटआउटको सहारा लिइयो, जसमा ईंग्ल्याण्डले ३–१-ले जीत हासिल गऱ्यो। पेनल्टी शूटआउटमा ईंग्ल्याण्डले ५ वटा प्रयासमा ३ पल्ट गोल गऱ्यो। यसरी स्पेनले ४ वटा प्रयासमा केवल एकपल्ट गोल गर्न सक्यो। स्पेनकी स्टार खेलाड़ी ऐताना बोनमाटीले पनि पेनल्टी शूटआउटमा मौका गुमाइन्। फाइनलमा हारे पनि टुर्नामेण्टकी सर्वश्रेष्ठ खेलाड़ी चयन भएकी बोनमाटीले भनिन्, “हाम्रो टीम टुर्नामेण्टमा सर्वश्रेष्ठ थियो तर कहिले-काहीँ यो पर्याप्त हुँदैन। हाम्रो नजर अब २०२७-मा ब्राजीलमा हुने वर्ल्ड कपमा रहनेछ।” पेनल्टी शूटआउटमा बोनमाटीको प्रयासमा ईंग्ल्याण्डकी गोलकीपर अन्ना हेम्प्टनले असाधारण शेभ गरिन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement