म्यानचेष्टर: भारतले ईंग्ल्याण्डविरुद्ध जारी चौथो टेस्ट म्याचमा कप्तान शुभमन गिल र ओपनर केएल राहुलको अविजित अर्द्धशतकीय ईनिंग्सको सहायताले हारबाट बाँच्ने संघर्षलाई जारी राख्यो। ईंग्ल्याण्डले आज ६६९ रनको विशाल स्कोर बनाएर पहिलो ईनिंग्सको आधारमा ३११ रनको बढ़त हासिल गर्दा नै भारत हारको दिशामा अघि बढ़ेको स्पष्ट भएको थियो। त्यहीमाथि दोस्रो ईनिंग्सको पहिलो ओभरमै शून्य रनमा २ विकेटको पतन हुँदा चौथो दिन नै ईंग्ल्याण्ड ईनिंग्सको अन्तरले विजयी हुने लागिरहेको थियो तर कप्तान गिल र ओपनर राहुलको लड़ाकू ब्याटिंगले म्याच पाँचौं दिनसम्म अघि बढ़्यो। शनिवार टेस्ट म्याचको चौथो दिनको खेल समाप्त हुँदासम्म भारतले आफ्नो दोस्रो ईनिंग्समा २ विकेटमा १७४ रन बनायो। केएल राहुल ८७ र गिल ७८ रनमा अविजित छन्। यसमा राहुलले २१० बल खेलेर 8 वटा चौका लगाएका छन्। यसरी गगिलले १६७ बल खेलेर १० वटा चौका लगाएका छन्। भारत अहिले पनि ईनिंग्सको हारबाट बाँच्नदेखि १३७ रन पछि रहेको छ। भारतले आज आफ्नो दोस्रो ईनिंग्समा ओपनर यशस्वी जयसवाल र साई सुदर्शनलाई क्रिस वोक्सको बलिंगमा पहिलो ओभरमै गुमायो। यी दुईजनाले खाता पनि खोलेनन्। त्यसपछि राहुल र गिलले तेस्रो विकेटको निम्ति १७४ रनको अटूट पार्टनरशीप गरिसकेका छन्।
यसअघि तेस्रो दिनको स्कोर ७ विकेटमा ५४४ रनदेखि अघि खेल्दै आज ईंग्ल्याण्डको पहिलो ईनिंग्स ६६९ रनमा समाप्त भयो। शुक्रवार ७७ रनमा अविजित रहने ईंग्ल्याण्डका कप्तान बेन स्टोक्सले आज शतक बनाए। उनले १९८ बलमा ११ वटा चौका र ३ वटा छक्काको साथ १४१ रन बनाए। स्टोक्सले दशौं नम्बरका ब्याटर ब्रायडन कार्स (४७ रन)-सँग मिलेर नवौं विकेटको निम्ति ९५ रनको पार्टनरशीप गरे। भारतीय बलरहरूमा रविन्द्र जडेजाले ४ विकेट लिए। यसरी जसप्रीत बुमराह र वाशिंगटन सुन्दरले २-२ विकेट लिए।