पाकिस्तानमा अर्की टिकटक स्टारको हत्या, विवाहको दबाब दिने व्यक्तिमाथि शंका

IMG-20250726-WA0117

इस्लामावाद: पाकिस्तानमा थप एक सामाजिक सञ्जाल इन्फ्लुएन्सरको हत्या भएको छ। चर्चित टिकटक स्टार सुमिरा राजपुतको शव संदिग्ध अवस्थामा फेला परेको छ।
उनको शव सिन्ध प्रान्तको घोटकी जिल्लास्थित बागो वाह क्षेत्रमा भेटिएको हो। केही दिनअघि मात्रै अर्की टिकटक स्टार सना युसुफको गोली हानी हत्या गरिएको थियो।
मिडिया रिपोर्टका अनुसार एक व्यक्तिले सुमिरालाई विवाहका लागि निरन्तर दबाब दिइरहेका थिए। पुलिसले यसलाई हत्या भएको आशंका गरेको छ। सुमिराकी एक १५ वर्षीया छोरी पनि छिन् । उनले आफ्नी आमालाई विषालु ट्याब्लेट खुवाएर हत्या गरिएको बताएकी छन्।
सुमिराकी छोरी पनि एक कन्टेन्ट क्रिएटर हुन् र टिकटकमा उनका ५८ हजारभन्दा बढी फलोअर छन्। पुलिसले यस मामिलामा एक जनालाई हिरासतमा लिएको छ। यद्यपि, हत्याको वास्तविक कारण भने अझै खुल्न सकेको छैन। घोटकीका पुलिस अधिकारी अनवर शेखले सुमिराकी छोरीले एक व्यक्तिमाथि आफ्नी आमालाई विष दिएको आरोप लगाएको जानकारी दिएका छन्।
पाकिस्तानमा महिला इन्फ्लुएन्सरहरूलाई खतरा
पाकिस्तानमा महिलाहरूका लागि सामाजिक सञ्जाल इन्फ्लुएन्सर हुनु खतरामुक्त छैन। गत महिना मात्र १७ वर्षीया सामाजिक सञ्जाल इन्फ्लुएन्सर सना युसुफको उनकै घरमा गोली हानी हत्या गरिएको थियो। सनाका टिकटकमा ७.४ लाख र इन्स्टाग्राममा करिब ५ लाख फलोअर्स थिए। पछिल्लो पाँच महिनामा पाकिस्तानमा महिला सामाजिक सञ्जाल इन्फ्लुएन्सरको हत्या भएको यो तेस्रो घटना हो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement