अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्न्यास लिइन् भारतकी वेदा कृष्णमूर्तिले

IMG-20250726-WA0062

नयाँ दिल्ली: भारतीय महिला क्रिकेट टीमकी अनुभवी ब्याटर वेदा कृष्णमूर्तिले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्न्यासको घोषणा गरिन्। उनले सोशल मीडियाको माध्यमले आफ्नो फसेलाको जानकारी दिएकी छन्। वेदाले भनिन्, “क्रिकेटले मलाई सोचेको भन्दा अधिक दियो। यसले मलाई पहिचान दिलायो। अब म यस खेलबाट सन्न्यास लिइरहेकी छु।” यस ३२ वर्षीय ब्याटरले लेखेकी छन्, “एउटा सानो शहर कदुरको शान्त गल्लीहरूबाट गर्वको साथ भारतीय टीमको जर्सी लगाउनुसम्म, यस खेलले मलाई खुशी, पीढ़ा, लक्ष्य र परिवार सबैथोक दियो। आज म खेललाई बिदा जनाइरहेकी छु तर क्रिकेटलाई चाहिँ होइन। मेरो परिवार, टीमकी साथीहरू, प्रशिक्षकहरू, साथीहरू र पर्दा पछिका हरेक समर्थकहरूलाई धन्यवाद। त्यस खेललाई म अब फिर्तामा केही दिन तयारी छु, जसले मलाई जीवन दियो। मैले हृदयमा आगो र हरेक कदममा गर्वको साथ खेले। सदा टीमको निम्ति। सदा भारतको निम्ति।” वेदाले भारतको निम्ति ४८ वटा महिला वनडे म्याचमा ८२९ रन बनाउनको साथै ३ विकेट हासिल गरिन्। यस प्रारूपमा उनले ८ वटा अर्द्धशतक बनाइन् अनि उनको सर्वोच्च स्कोर ७१ रन रह्यो। यसबाहेक उनले ७६ वटा महिला टी२० इण्टरनेशनल म्याचमा २ वटा अर्द्धशतकको साथ ८७५ रन बनाइन्। यस प्रारूपमा उनको सर्वोच्च स्कोर अविजित ५७ रन रह्यो। महिला प्रीमियर लीगमा उनले गुजरात जाइण्ट्सको प्रतिनिधित्व गर्दै ४ वटा म्याचमा २२ रन बनाइन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement