टिम डेविडको रेकर्ड शतक, अष्ट्रेलिया म्याच र सीरीज दुवै जित्न सफल

IMG-20250726-WA0060

सेण्ट किट्स: अष्ट्रेलियाले आफ्नो विजयाभियान जारी राख्दै तेस्रो टी२० इण्टरनेशनल क्रिकेट म्याचमा पनि आयोजक वेष्ट इण्डिजलाई सजिलैसँग ६ विकेटले पराजित गरी ५ वटा म्याचको सीरीजमा ३–० को अजेय बढ़त हासिल गऱ्यो। तेस्रो टी२० म्याचमा पहिला ब्याटिंग गर्दै वेष्ट इण्डिजले २० ओभरमा ४ विकेट गुमाएर २१४ रनको विशाल स्कोर बनायो। वेष्ट इण्डिजको तर्फबाट कप्तान शाई होपले शतक बनाए। जवाफमा अष्ट्रेलियाले १६.१ ओभरमै ४ विकेट गुमाएर २१५ रनको लक्ष्यलाई हासिल गऱ्यो। यसरी अष्ट्रेलियालाई म्याच जित्न केवल ९७ बल लाग्यो। अष्ट्रेलियाको निम्ति टिम डेविडले विध्वंशी ब्याटिंग गर्दै वेष्ट इण्डिजको हार सुनिश्चित गर्ने क्रममा आफ्नो देशको निम्ति टी२० इण्टरनेशनल क्रिकेटमा सबैभन्दा तेज शतकको रेकर्ड बनाए। अष्ट्रेलियाले जमैकामा खेलिएको पहिलो २ वटा टी२०आई म्याचमा ३ विकेट र ८ विकेटले जीत हासिल गरेको थियो। अब सीरीजको चौथो म्याच सेण्ट किट्समै २६ जुलाईमा खेलिनेछ।
अष्ट्रेलियाई कप्तान मिचेल मार्शले टस जितेर पहिला बलिंग गर्ने फसेला गरे। पहिला ब्याटिंग गर्दै वेष्ट इण्डिजलाई ब्रेण्टन किंग र कप्तान होपको ओपनिंग जोड़ीले असाधारण शुरुवात दिलायो। यी दुईजनाले पहिलो विकेटको निम्ति ७० बलमा १२५ रनको पार्टनरशीप गरे। किंग ३६ बलमा ३ वटा चौका र ६ वटा छक्काको साथ ६२ रन बनाएर आउट भए। ओपनिंग पार्टनरशीप तोड़िएपछि चाहिँ वेष्ट इण्डिजको तर्फबाट होपलाई छोड़ेर अन्य कसैले १२ भन्दा अधिक रन बनाउन सकेनन्। होप ५७ बलमा ८ वटा चौका र ६ वटा छक्काको साथ १०२ रनमा अविजित रहे। शिमरोन हेटमायर ९, शेरफेन रदरफोर्ड १२ र रोवम्यान पावेल ९ रन बनाएर आउट भए। रोमारियो शेफर्ड ९ रनमा अविजित रहे। अष्ट्रेलियाई बलरहरूमा न्याथन एलिस, एडम जाम्पा र मिचेल ओवेनले १–१ विकेट लिए।
म्याच जित्न २१५ रनको लक्ष्यलाई पीछा गर्दै अष्ट्रेलियाको शुरुवात खराब रह्यो अनि ८७ रनसम्म ४ विकेटको पतन भइसकेको थियो। कप्तान मार्श २२, ग्लेन म्याक्सवेल २०, जोश ईंग्लिश १५ र क्यामरन ग्रीन ११ रन बनाएर आउट भए। शुरुवाती झट्काहरूपछि अष्ट्रेलियालाई टिम डेविड र मिचेल ओवेनले मिलेर जीत दिलाए। यी दुईजनाले मिलेर आक्रामक ब्याटिंग गर्दै पाँचौं विकेटको निम्ति केवल ४६ बलमा १२८ रनको अटूट पार्टनरशीप गरे। डेविडले १७औं ओभरको पहिलो बलमा छक्का लगाएर अष्ट्रेलियालाई जीत दिलाउनको साथै आफ्नो शतक पनि पूरा गरे। उनले ३७ बलमा ११ वटा छक्का र ६ वटा चौकाको साथ अविजित १०२ रन बनाए। यसरी ओवेनले ३ वटा छक्का र २ वटा चौकाको साथ १६ बलमा अविजित ३६ रन बनाए। यो डेविडको टी२० इण्टरनेशनलमा पहिलो शतक हो। उनले ३७ बलमा शतक बनाए, जुन अष्ट्रेलियाको निम्ति यस प्रारूपमा सबैभन्दा तेज शतक हो। उनले साथी खेलाड़ी जोश ईंग्लिशको रेकर्ड तोड़े, जसले गत वर्ष स्कटल्याण्डविरुद्ध ४३ बलमा शतक पूरा गरेका थिए। यसरी टेस्ट खेल्ने देशहरूमा यो संयुक्त रूपले तेस्रो सबैभन्दा तेज शतक हो। यस सूचीमा शीर्ष तीनमा जिम्बाब्वेका सिकन्दर रजा, दक्षिण अफ्रिकाका डेविड मिलर र भारतका रोहित शर्मा रहेका छन्। रजाले २०२४-मा दुर्बल गाम्बियाविरुद्ध ३३ बलमा शतक बनाएका थिए। यसरी मिलरले २०१७-मा बंग्लादेशविरुद्ध अनि रोहितले त्यही साल श्रीलंकाविरुद्ध ३७–३७ बलमा शतक बनाएका थिए। भारतका अभिषेक शर्माले पनि ३७ बलमा शतक बनाइसकेका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement