‘वार २’ मा ऋतिक र जुनियर एनटीआरबीच टकराव, एक्सनप्रधान ट्रेलर सार्वजनिक

IMG-20250725-WA0097

मुंबई: बलिउड फिल्म ‘वार २’ को एक्सनप्रधान ट्रेलर युट्युबमा सार्वजनिक भएको छ।
अयान मुखर्जीको निर्देशनमा बनेको फिल्मको ट्रेलरमा ऋतिक रोशन र जुनियर एनटीआरको भीडन्त देखाइएको छ।
यो जासूसी थ्रिलर फिल्ममा कियारा आडवाणी पनि मुख्य भूमिकामा छिन्। ट्रेलरमा उनका दृश्यहरू पनि समावेश छन्।
२ मिनेट ३५ सेकेण्डको ट्रेलर ऋतिक र एनटीआरको पात्रको सपथबाट शुरू हुन्छ। त्यसपछि भव्य एक्सन, एकअर्काबीचको भीडन्तसहित संवाद र रोमान्सका दृश्यहरू ट्रेलरमा देखाइएको छ।
यशराज फिल्मको ब्यानरमा बनेको ‘वार २’ को निर्माता आदित्य चोपडा हुन्। यो फिल्म १४ अगस्ट (साउन २९) देखि प्रदर्शनमा आउनेछ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement