कोलकाता: आजका युवा पुस्ता आधुनिक सूचना प्रविधिमा आधारित मोबाइल फोन प्रयोग गर्न इच्छुक बन्दै गएका छन। युवा पुस्ताका लागि मोबाइल निर्माता कम्पनी ओप्पो इन्डियाले भारतीय बजारमा नयाँ मोडल रेनो १४ प्रो सिरिज ल्याएको छ। बिहीबार कोलकातामा कम्पनीको तर्फबाट अपूर्व श्रीवास्तवले यी दुई नयाँ मोडलमा एआई क्यामेरामा आधारित सुविधाहरू रहेको बताए। कम्पनीको लगभग ११० एकडमा फैलिएको उत्पादन एकाइ छ। देशमा ५२ उत्पादन एकाइहरू छन्। ग्राहक सेवाका लागि ५५६ सेवा केन्द्रहरू छन्। २५,००० भन्दा बढी स्थानमा रहेका बिक्री केन्द्रबाट मोबाइलहर डेलिभरी गरिएको छ। ५०० शहरका ग्राहकहरूलाई १९ भाषाहरूमा सेवाहरू प्रदान गर्दै आएको छ। अपूर्वले भने हाम्रो लक्ष्य ग्राहकहरूलाई २ लाख रुपैयाँमा एआई सेवाहरू प्रदान गर्नु हो, साथै ती सुविधाहरू २० हजार रुपैयाँमा समेत उपलब्ध गराउने योजना रहे को छ। हाल, कम्पनीको व्यवसाय २१५% ले बढेको छ। व्यापार वृद्धिको हिसाबले कोलकाता देशको तेस्रो/चौथो स्थानमा छ। कम्पनीसँग ५००० विद्यार्थीहरू छन्। साथै, यसको ४७६ शैक्षिक संस्थाहरूसँग सम्झौताहरू भएका छन्।