पाँच वर्षपछि भारतले चिनियाँ पर्यटकहरूलाई भिसा दिदै

IMG-20250724-WA0041

नयाँ दिल्ली: बेइजिङस्थित भारतीय दूतावासले बिहीबार अर्थात् २४ जुलाईबाट भिसा जारी गर्ने काम शुरु हुने जानकारी दिएको छ । भारतले २४ जुलाईदेखि चिनियाँ नागरिकहरूका लागि पर्यटक भिसा सुरु गर्ने भएको हो।
चिनियाँ विदेश मन्त्रालयका प्रवक्ताले भारतको यो निर्णयप्रति खुशी व्यक्त गरेका छन्। उनले लेखेका छन्, ‘भारतले फेरि चिनियाँ पर्यटकहरूलाई भिसा दिनेछ। यो एक सकारात्मक कदम हो। दुई देशबीचको आवागमन धेरै लाभदायक हुनेछ। चीन निरन्तर सम्पर्कमा छ र दुई देशबीचको पर्यटन सुविधा सुधार गर्न भारतसँग वार्ता गरिरहेको छ।’
सन् २०२० मा गलवानमा भएको घटनापछि दुई देशबीचको सम्बन्धमा धेरै तिक्तता आएको थियो। यसपछि दुवै देशले एकअर्कामाथि धेरै प्रतिबन्ध लगाएका थिए। दुई देशबीचको सम्बन्धमा सुधार आएपछि, जुलाई २०२५ मा पाँच वर्षपछि कैलाश मानसरोवर यात्रा सुरु भयो।
गत वर्ष अक्टोबरमा रूसको कजानमा भएको ब्रिक्स शिखर सम्मेलनको क्रममा, प्रधानमन्त्री नरेन्द्र मोदी र चिनियाँ राष्ट्रपति सी जिनपिङले पाँच वर्षपछि औपचारिक वार्ता गरेका थिए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement