कोलम्बिया: कोलम्बिया विश्वविद्यालयले अमेरिकी प्रशासनलाई २०० मिलियन डलर (लगभग १७२ करोड रुपैयाँ) जरिवाना तिर्ने भएको छ। यहूदी विद्यार्थीहरूलाई सुरक्षा दिन असफल भएपछि यो रकम तिर्न विश्वविद्यालयल बाध्य भएको हो।
विश्वविद्यालयद्वारा जारी विज्ञप्तिमा यो सहमति सार्वजनिक गरिएको छ। उक्त रकम तीन वर्षभित्र संघीय सरकारलाई भुक्तानी गर्नुपर्नेछ। गत वर्ष न्यूयोर्क क्याम्पसमा भएको विरोध प्रदर्शनका क्रममा यहूदी विरोधी घटनाहरू रोक्न असफल भएकोमा ट्रम्प प्रशासन कोलम्बिया विश्वविद्यालयलाई जरिवाना तिराउने निर्णयमा पुगेको हो।
२०२३ को अक्टोबर ७ मा इजरायलमाथि भएको आक्रमणपछि इजरायल र हमासबिच युद्ध शुरु भएको थियो। यस युद्धमा परेर हजारौँ मानिसहरू मारिएका थिए। गाजामा इजरायलको आक्रमणको विरुद्धमा अमेरिकाका धेरै विश्वविद्यालयहरूमा इजरायल विरोधी र यहुदी विरोधी प्रदर्शनहरू भएका थिए।
यस मामिलामा ट्रम्प प्रशासनले कोलम्बिया विश्वविद्यालयले सरकारबाट पाइरहेको अर्बौं डलर अनुदान रोकिदिएको थियो।