कोलकातामा सिक्किम पर्यटनकाे प्रदर्शनी

IMG-20250723-WA0109

कोलकाता: सिक्किम सरकारको पर्यटन विभाग र भारतीय उद्योग परिसंघ (सीआइआइ) को चेम्बर अफ कमर्स एण्ड इन्डस्ट्रीले बुधबार कोलकातामा भारत-सिक्किम व्यापार लगानी सम्बन्धी एक संगोष्ठीको आयोजना गरेको थियो। गोष्ठीमा सिक्किम सरकारका वाणिज्य तथा उद्योग, पर्यटन तथा नागरिक उड्डयन मन्त्री छिरिङ थेन्डुप भुटिया, सिक्किम सरकारका वाणिज्य तथा उद्योग निर्देशक एम रवि कुमार, टीटी भुटिया र सीआइआइ पश्चिम बंगाल राज्य परिषद्का अध्यक्ष देबाशिष दत्त उपस्थित थिए।
गोष्ठीको क्रममा, श्री भुटियाले सिक्किमको कृषि-आधारित र घरेलु उद्योग उत्पादनहरू जस्तै मसला, प्रशोधित खाद्य पदार्थ, हस्तकला, दुग्ध उत्पादन र परम्परागत खाद्य पदार्थहरूको लागि दिगो बजार सम्बन्ध सिर्जना गर्नमा जोड दिए।
आजको गोष्ठीमा, सीआइआइ सिक्किम राज्य परिषद्का अध्यक्ष तथा जिओन एजुकेशन ट्रस्टका संस्थापक सोनी विर्डीले सिक्किम पर्यटनलाई शिक्षा, जडीबुटी औषधि, जैविक उत्पादनहरू र बाँसमा आधारित साना उद्योगहरूको गन्तव्यको रूपमा प्रकाश पारे।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement