जमैका: अष्ट्रेलियाले वेष्ट इण्डिजलाई लगातार दोस्रो टी२० इण्टरनेशनल क्रिकेट म्याचमा पराजित गऱ्यो। जमैकाको किंग्स्टनस्थित सबीना पार्कमा खेलिएको म्याचमा अष्ट्रेलियाले ८ विकेटले सजिलै जीत हासिल गऱ्यो। अष्ट्रेलियालाई स्पिनर एडम जाम्पाको उत्कृष्ट बलिंगको साथमा जोश ईंग्लिश र क्यामरन ग्रीनको विध्वंशी ब्याटिंगले जीत दिलायो। म्याचमा टस हारेर पहिला ब्याटिंग गर्दै वेष्ट इण्डिजले २० ओभरमा ८ विकेट गुमाएर १७२ रन बनाएको थियो। जवाफमा अष्ट्रेलियाले १५.२ ओभरमै २ विकेटमा १७३ रन बनाएर म्याच जित्यो। जोश ईंग्लिश ७८ रनमा अविजित रहे। उनले ३३ बल खेलेर ७ वटा चौका र ५ वटा छक्का लगाए। यसरी ग्रीनले ४ वटा छक्का र ३ वटा चौकाको साथ ३२ बललमा अविजित ५६ रन बनाए। यी दुईजनाले तेस्रो विकेटको निम्ति १३१ रनको अटूट पार्टनरशीप गरेर आयोजक टीमको बलिंग आक्रमणलाई माटोमा मिलाए। ईंग्लिश र ग्रीनको ब्याटिंग समक्ष वेष्ट इण्डिजका कुनै पनि बलरले रिहाई पाएनन्। यी दुईजना बाहेक कप्तान मिचेल मार्शले २१ र ओपनिंग गरिरहेका ग्लेन म्याक्सवेलले १२ रन बनाए। अष्ट्रेलियाले यसअघि खेलिएको पहिलो टी२० म्याचमा पनि ३ विकेटले जीत हासिल गरेको थियो। यसरी अष्ट्रेलियाले ५ वटा म्याचको सीरीजमा २–०–को बढ़त हासिल गरेको छ। तेस्रो टी२० म्याच २६ जुलाईमा सेण्ट किट्समा खेलिनेछ।
यसअघि वेष्ट इण्डिजको ईनिंग्समा ओपनर ब्रेण्डन किंगले टीमला्ई असल शुरुवात दिलाए। उनले कप्तान शाई होपसँग पहिलो विकेटको निम्ति ४८ बलमा ६३ रनको पार्टनरशीप गरे। आक्रामक मिजासमा खेलिरहेका किंग ५१ रन बनाएर आउट हुनको साथै अष्ट्रेलियाले लगातार अन्तरालमा विकेट हासिल गऱ्यो। किंगले ३६ बल खेलेर ३ वटा चौका र ४ वटा छक्का लगाए। होप ९, शिमरोन हेटमायर १४, रोस्टन चेस १६, रोवम्यान पावेल १२ र शेरफेन रदरफोर्ड शून्य रनमा आउट भए। त्यसपछि आफ्नो अन्तिम अन्तर्राष्ट्रिय म्याच खेलिरहेका आन्द्रे रसेलले आफ्नो चीरपरिचित मिजासमा १५ बलमा ३६ रन बनाएर आयोजक टीमलाई १७२–को स्कोरसम्म पुऱ्याए। रसेलले २ वटा चौका र ४ वटा छक्का लगाए। गुडाकेश मोती १८ रनमा अविजित रहे। अष्ट्रेलियाई बलरहरूमा एडम जाम्पाले ३ र न्याथन एलिसले २ विकेट हासिल गरे।