थकानबाट बाँच्न टोरण्टो मास्टर्सबाट नाम फिर्ता लिए कार्लोस अल्काराजले

IMG-20250723-WA0061

टोरण्टो: विश्वका नम्बर २ पुरुष टेनिस खेलाड़ी कार्लोस अल्काराजले टोरण्टो मास्टर्स टेनिस टुर्नामेण्टबाट नाम फिर्ता लिएका छन्। सालको अन्तिम ग्राण्ड स्ल्याम टुर्नामेण्ट यूएस ओपनको तयारीको निम्ति सर्वश्रेष्ठ मानिने यस एटीपी मास्टर्स १००० टुर्नामेण्टमा अल्काराज नखेल्दा आयोजकहरूलाई ठूलो झट्का लागेको छ। अल्काराज टुर्नामेण्टबाट नाम फिर्ता लिने पहिलो खेलाड़ी चाहिँ होइनन्। स्पेनका अल्काराज अघि विश्वका नम्बर एक खेलाड़ी यानिक सिनर, छैटौंं नम्बरका खेलाड़ी नोवाक जोकोविच र पाँँचौं नम्बरका खेलाड़ी ज्याक ड्रेपरले पनि आउँदो हप्ता शुरु हुने यस हार्ड कोर्ट टुर्नामेण्टबाट नाम फिर्ता लिइसकेका छन्। पाँचपल्टका ग्राण्ड स्ल्याम च्याम्पियन अल्काराज विम्बल्डनको फाइनलमा इटलीका सिनरविरुद्ध पराजित भएका छन्। यसरी उनी अल ईंग्ल्याण्ड क्लबमा लगातार तेस्रो खिताब जित्नदेखि चुकेका थिए। अल्काराजको भनाइअनुसार, उनले थकानले गर्दा टोरण्टो मास्टर्सबाट हट्ने फसेला गरेका छन्। उनले भने, म अहिले विम्बल्डनको थकानबाट मुक्त हुने प्रक्रियामा छु। यसैकारण टोरण्टो मास्टर्समा हिस्सा लिन सक्ने छुइनँ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement