अजात शत्रु
विश्व इतिहासमा महात्मा गान्धी यस्ता एक्ला दार्शनिनक हुन्, जो सिद्धान्तको प्रतिपादक मात्र नभएर युगका महान नेता पनि बने। त्यसैले उनलाई विश्व जगतले अहिले पनि उच्च आदर र सम्मान प्रकट गर्छ।
दोस्रो विश्वयुद्धको चपेटाबाट त्रसित विश्वलाई अहिंसाको मार्गबाट पनि परिवर्तन सम्भव छ भन्ने विश्वस्त गराउन उनी सफल रहे। उनको जन्म २ अक्टोवर सन् १८६९ मा भएको थियो भने उनको मृत्यु ३० जनवरी सन् १९४८ मा भएको थियो।
महात्मा गान्धीका २० प्रेरक भनाई:
१. जहाँ प्रेम छैन त्यहाँ जीवन छैन
२. स्वतन्त्रता राष्ट्रको अनन्त यौवन हो
३. कमजोरले कहिल्यै क्षमा दिन सक्दैन। क्षमा दिनु ठूलो मान्छेको गुण हो
४. पुस्तक र मोतीमा यति मात्र फरक छ। मोती बाहिर चम्किन्छ अनि पुस्तक अन्तस्करणमा ५. पहिले तिनीहरुले तिम्रो बेवास्ता गर्नेछन्। तिमी माथि हाँस्छन्। तर अन्तिममा तिमीले राज गर्छाै
६. तिमी यसरी सिक कि तिमी सधैँभरी बाँच्दछौ। तर तिमी यसरी बाँच कि तिम्रो मृत्यु भोली नै हुँदैछ
७. संसारलाई परिवर्तित भएको देख्न चाहानेले पहिला आफू परितर्न हुन सिक
८. व्यक्ति त्यहि बन्छ जे उसले सोचेको हुन्छ
९. मानिस आफ्नै सोचाइको उत्पादन हो
१०. मेरो अनुमति बिना मलाई कसैले पनि पीडा दिन सक्दैन
११. खुसी तब मात्र मिल्छ जब तिमीले सोच्ने,भन्ने र गर्ने कुराहरुबीच मेल खान्छ
१२. यदि तिमी विश्वमा शान्ती चाहन्छौ भने आफ्नैै बच्चाहरुबाट शुरुवात गर
१३. अरुको सेवामा आफूलाई समर्पित गर्नु नै आफूलाई चिन्नु हो
१४. यदि तिमी अल्पमतमा छौ भने पनि सत्य भनेको सत्य हो
१५. महानता पाएपश्चात् होइन बरु पाउनको निम्ति गरिने संघर्षमा हुन्छ
१६. तैले मेरो आँखा फोडिस्, म तेरो फोड्छु भन्ने हो भने संसार अन्धो हुन्छ
१७. तिमीले आज गरेको काममा नै तिम्रो भविष्य अडिएको हुन्छ
१८. यदि सफल जीवन जिउँनुछ भने सफलताको भावनालाई त्याग्नुपर्छ
१९. जब झुसिल्कीराले अब संसार सकिँदैछ भन्ने सोच्छ तब उ सुन्दर पुतलीमा परिणत हुन्छ
२०. आवाजलाई नबढाउ बरु आफ्नो तर्कलाई सुधार