वाशिंगटन: अमेरिकाकी दिग्गज टेनिस खेलाड़ी भीनस विलियम्स एक सालभन्दा पनि अधिक समयपछि खेलमा फर्किन तयार छिन् अनि उनी आफ्नी बहिनी सेरेनालाई पनि खेलमा देख्न चाहन्छिन्। भीनसले डीसी ओपनको साथ टेनिस खेलमा पुनरागमन गर्नेछिन्। यसरी सेरेनाको हालै सोशल मीडियामा एउटी भीडियो भायरल भएको थियो, जसमा उनलाई ऱ्याकेट घुमाइरहेको देखिएको थियो। यसबारे प्रश्न गरिँदा भीनसले भनिन्, उनी (सेरेना) यहाँ भएको भए कति राम्रो हुने थियो भन्ने म आफ्नो टीमसँग पनि कुरा गर्छु। हामीले शुरुदेखि नै साथमा काम गरेकी छौं। यसैकारण मलाई उनको कमी निश्चित रूपमा अनुभव हुन्छ। उनी खेलमा फर्किए निश्चित रूपले सबैलाई अवगत गराउनेछिन्। उल्लेखनीय छ, सेरेना ४३ वर्ष पुगिसकेकी छन् अनि २०२२-को यूएस ओपनपछि कुनै म्याच खेलेकी छैनन्। उनले पछिबाट खेलबाट टाढ़ा हुने घोषणा गरेकी थिइन्, जसमा उनले लामो समयसम्म एकक्षत्र शासन गरेकी थिइन्। यस अवधि सेरेनाले २३ वटा महिला एकल ग्राण्ड स्ल्याम खिताब जितिन्। यसको साथमा उनले दीदी भीनससँग १४ वटा युगल खिताब पनि जितेकी थिइन्। भीनसले बताएअनुसार, हालै एउटा अभ्यास सत्रको अवधि सेरेना आएकी थिइन् अनि लगभग १५-२० मिनटसँग उनीसँग अभ्यास गरेकी थिइन्। गत महिना ४५ सालकी हुने भीनसले आफ्नो करियरमा ७ वटा महिला एकल ग्राण्ड स्ल्याम खिताब जितेकी छन्। यसमा २ वटा यूएस ओपन र ५ वटा विम्बल्डनको खिताब सामेल छ। उनले अन्तिमपल्ट मार्च २०२४-मा मियामी ओपनमा हिस्सा लिएकी थिइन् अनि पहिलो राउण्डमै बाहिर भएकी थिइन्।