आइण्डहोवेन: भारत ए पुरुष हकी टीमले यूरोप यात्रामा आफ्नो अभियान नीदरल्याण्डविरुद्ध २-८-ले हारको साथ समाप्त गऱ्यो। युवा भारतीय मीडफिल्डर राजिन्दर सिंह र फरवर्ड सेल्वम कार्थीले आइतवार खेलिएको यूरोप चरणको अन्तिम म्याचमा भारतीय टीमको तर्फबाट गोल गरे। भारत ए टीमले गत हप्ता नीदरल्याण्डविरुद्ध आफ्नो पहिलो म्याचमा पनि ०-३-ले हारको सामना गर्नु परेको थियो। भारत ए टीमले ८ जुलाईमा यात्रा शुरु गरेको थियो अनि ५ वटा यूरोपियन टीमहरूविरुद्ध जम्मा ८ वटा म्याच खेल्यो। भारतीय टीमले नीदरल्याण्ड र बेल्जियम जस्ता केही शीर्ष टीमहरूसँग प्रतिस्पर्धा गर्न ३ वटा शहरको यात्रा गऱ्यो। भारत ए टीमका प्रशिक्षक शिवेन्द्र सिंहले भने, यस यूरोपियन यात्रामा हामीलाई जीतको तुलनामा हार अधिक प्राप्त भए पनि हाम्रो मुख्य उद्देश्य अनुकूल परिणाम हासिल गर्नु भन्दा पनि एउटा टीमको रूपमा शिक्षा र अनुभव हासिल गर्नु थियो, जसले भविष्यमा यी खेलाड़ीहरूलाई फाइदा हुनेछ।