म्यानचेष्टर युनाइटेडका खेलाड़ीहरूसँग भारतीय क्रिकेट टीमको भेटघाट

1753079545591

म्यानचेष्टर: भारतीय क्रिकेट टीम अहिले ५ वटा टेस्ट म्याचको सीरीजमा हिस्सा लिन ईंग्ल्याण्ड यात्रामा रहेको छ। सीरीजको चौथो टेस्ट म्याच म्यानचेष्टरको ओल्ड ट्रेफर्ड मैदानमा खेलिनेछ। भारतीय टीम अगावै म्यानचेष्टर पुगिसकेको छ। यसै क्रममा शुभमन गिलको कप्तानीमा रहने भारतीय टीमका खेलाड़ीहरूले आइतवार ईंग्लिश प्रीमियर लीगको अग्रणी क्लब म्यानचेष्टर युनाइटेडका खेलाड़ीहरूसँग भेटघाट गरे। यस अवसरमा दुवै टीमका खेलाड़ीहरूले जर्सी आदान-प्रदान गरे अनि ड्रिल्स (अभ्यास)-को अवधि कुराकानी गरे। भारतीय क्रिकेट बोर्ड (बीसीसीआई)-ले म्यानचेष्टरमा युनाइटेड शीर्षकको साथ यस भेटघाटको केही फोटोहरू सोशल मीडियामा शेयर गरेको छ, जसमा गिल र रिषभ पन्त जस्ता खेलाड़ीहरूलाई केरिंगटन स्थित क्लबको ट्रेनिंग ग्राउण्डमा म्यानचेष्टर युनाइटेडका खेलाड़ीहरूसँग फूटबल खेलिरहेको देखिएको छ। एडिडासद्वारा शेयर गरिएको एउटा तस्वीरमा भारतीय पेस बलर मोहम्मद सिराजलाई स्टार डिफेण्डर ह्यारी मेगुइरेलाई बलिंग गरिरहेको देखिएको छ।


भारत र ईंग्ल्याण्डबीच चौथो टेस्ट म्याच २३ जुलाईदेखि शुरु हुनेछ। लीड्स र लर्ड्समा जीतको साथ ईंग्ल्याण्ड ५ वटा टेस्ट म्याचको सीरीजमा अहिले २-१-ले अघि रहेको छ। भारतले बर्मिंघममा खेलिएको दोस्रो टेस्ट म्याचमा जीत हासिल गरेको थियो। म्यानचेष्टर युनाइटेडका मुख्य प्रशिक्षक रुबेन अमोरिम र यस अग्रणी क्लबको प्रशंसक भारतीय क्रिकेट टीमका मुख्य प्रशिक्षक गौतम गम्भीरले एकसाथ खिचेको तस्वीर पनि भायरल भइरहेको छ। भेटघाटको अवधि गिलले ब्रूनो फर्नाण्डिससँग, सिराजले अमद डायलोसँग तथा जसप्रीत बुमराहले मेसन माउण्ट र ह्यारी मेगुइरेसँग कुराकानी गरे।

दुवै टीम र सहयोगी स्टाफहरूका एउटा ग्रुप फोटो पनि अघि आएको छ। कार्यक्रमको शुरुवात म्यानचेष्टर युनाइटेडका वरिष्ठ अधिकारीहरू अनि क्लबका दिग्गजहरूद्वारा न्यानो स्वागतको साथ भयो। त्यसपछि दुवै टीमबीच जर्सीको प्रतीकात्मक आदान-प्रदान भयो। यस अवधि फूटबल र क्रिकेटको हल्का अभ्यासको साथ खेलाड़ी र प्रशिक्षकहरूबीच कुराकानी भयो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement