दमक: भारतबाट लागूऔषध बिक्री गर्न झापाको दमक आएका एक भारतीय कारोबारी ठूलो मात्रामा ब्राउनसुगरसहित पक्राउ परेका छन्।
आज दिउँसो ३.४५ बजे दमक ५ स्थित मेची स्टोर अगाडी सडकमा शंकास्पद अबस्थामा हिडिरहेका भारत विहार राज्य कटिहार जिल्ला बस्ने २८ वर्षीय सुरजकुमार साहलाई ठूलो मात्रामा ब्राउनसुगरसहित पक्राउ गरिएको हो। उनको साथबाट प्लाष्टिकबाहेक ४२.१७ ग्राम ब्राउनसुगर, विभिन्न दरका नेपाली रुपैयाँ जम्मा ३७ हजार ९००, डिजिटल तराजु, मोवाईल र उनको परिचयपत्र खुल्ने कागजात फेला परेको थियो।
सम्पूर्ण दशीका सामानहरु बरामद गरी साहलाई इलाका पुलिस कार्यालय दमकमा राखी थप अनुसन्धान भइरहेको जिल्ला पुलिस कार्यालयले जनाएको छ। शंकास्पद अबस्थामा हिडिरहेको अबस्थामा चेकजाँच गर्ने क्रममा उनले ब्यागभित्र प्लाष्टिकको बट्टामा लुकाई छिपाई राखेको ब्राउनसुगर फेला परेको थियो।