हकी इण्डियाद्वारा सीनियर महिला राष्ट्रिय शिविरको निम्ति सम्भावित खेलाड़ीहरूका चयन

IMG-20250719-WA0094

नयाँ दिल्ली: हकी इण्डियाले यहाँ २१ जुलाईदेखि २९ अगस्तसम्म भारतीय खेल प्राधिकरण (साइ) केन्द्रमा हुने सीनियर महिला राष्ट्रिय प्रशिक्षण शिविरको निम्ति ४० जना खेलाड़ीहरूका नामको घोषणा गऱ्यो। ५ सेप्टेम्बरदेखि चीनको हांगझोऊमा हुने महिला एशिया कपलाई ध्यानमा राखेर यो शिविर निक्कै महत्त्वपूर्ण हुनेछ। यो टुर्नामेण्ट २०२६ एफआईएच महिला वर्ल्ड कपमा सीधा क्वालीफाई गर्ने माध्यम पनि हुनेछ। गत शिविरमा सामेल सबै खेलाड़ीहररूलाई यसमा मौका दिइएको छ। भारतीय महिला हती टीमका मुख्य प्रशिक्षक हरेन्द्र सिंहले एउटा विज्ञप्तिमा भनेका छन्, यो शिविर निक्कै महत्त्वपूर्ण समयमा लगाइँदैछ। एशिया कप प्रतिष्ठित टुर्नामेण्ट हुनको साथै वर्ल्ड कप २०२६-मा सीधै स्थान बनाउने माध्यम पनि हो। हाम्रो पूरा ध्यान शारीरिक र मानसिक रूपले आफूलाई तयार गर्नुमा रहनेछ। हामीले प्रदर्शनमा निरन्तरता कायम राख्न गत शिविरमा एउटा कोर ग्रुप बनाएका थियौं। यूरोपमा प्रो लीगमा हामीलाई चाहेको जस्तो परिणाम हासिल हुन सकेन। यसैकारण यो शिविरबाट हामीलाई आत्ममन्थन गरी मजबूतीको साथ फर्किने मौका प्राप्त हुनेछ।
शिविरमा सामेल खेलाड़ीहरूकी सूची यसप्रकार छः
गोलकीपरः सविता पूनिया, बिछू देवी खारीबम, बांसरी सोलंकी, माधुरी किण्डो र समीक्षा सक्सेना।
डिफेण्डरः महिमा चौधरी, निक्की प्रधान, सुशीला चानू, उदिता, इशिका चौधरी, ज्योति छेत्री, ज्योति, अक्षता ढेकाले, अञ्जना डुंगडुंग, सुमन देवी
मीडफिल्डरः सुजाता कुजुर, वैष्णवी विट्ठल फाल्के, नेहा, सलीमा टेटे, मनीषा चौहान, अजमीना कुजूर, सुनेलिटा टोप्पो, अलबेला रानी टोप्पो, पूजा यादव
फरवर्डः दिपिमोनिका टोप्पो, रितिका सिंह, दीपिका सोरेंग, नवनीत कौर, संगीता कुमारी, दीपिका, रुतुजा पिसल, ब्यूटी डुंगडुंग, मुमताज खान, अन्नु, चन्दना जगदीश, काजल अप्तडकर।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement