ओलिविया स्मिथ बनिन् विश्वको सबैभन्दा महँगो महिला फूटबल खेलाड़ी

IMG-20250719-WA0059

लण्डन: ओलिविया स्मिथ महिला फूटबल खेलको इतिहासमा सबैभन्दा महँगो खेलाड़ी बनेकी छन्। ईंग्लिश प्रीमियर लीग क्लब आर्सनलले कनाडाकी यस २० वर्षीय खेलाड़ीलाई १० लाख पाउण्ड (लगभग ११ करोड़ ५७ लाख रुपियाँ)-को वर्ल्ड रेकर्ड ट्रान्सफर फीसमा लिभरपूलबाट आफ्नो टीममा सामेल गरेको छ। महिला फूटबलको इतिहासमा यो पहिलो १० लाख पाउण्डको ट्रान्सफर हो। यसअघि सबैभन्दा महँगो महिला फूटबलरको रेकर्ड अमेरिकाकी नाओमी गिर्माको नाममा रहेको थियो। गत जनवरीमा सान डिएगो वेबकी फूटबलरलाई हासिल गर्न चेल्सीले ९ लाख पाउण्डको ट्रान्सफर फीस भुक्तान गरेको थियो। आर्सनलकी महिला फूटबल निदेशक क्लेयर व्हीटलीले भनिन्, उनी (ओलिविया) खेलकी सबैभन्दा प्रतिभाशाली युवा खेलाड़ीहरूमा एक हुन् अनि क्लबको साथ अघि बढ़्ने उनमा अपार सम्भावना रहेको छ। अनुबन्धबारे जानकारी राख्ने एकजना व्यक्तिले एसोसिएटेड प्रेसलाई बताएअनुसार, कनाडाकी यस फरवर्ड खेलाड़ीले आर्सनलसँग ४ सालको अनुबन्ध गरेकी छन्। उल्लेखनीय छ, ओलिवियाले केवल १५ सालको उमेरमा कनाडाको राष्ट्रिय टीममा पदार्पण गरेकी थिइन्। उनले क्लब फूटबलको निम्ति २०२३-मा स्पोर्टिंग लिस्बनसँग अनुबन्ध गरेका थिइन्। पोर्तुगलको क्लबबाट खेल्दै उनले २८ वटा म्याचमा १६ गोल गरेकी थिइन्। पोर्तुगीच क्लबमा सफलता हासिल गरेपछि उनले लिभरपूलमा सामेल हुने फसेला गरेकी थिइन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement