काठमाडौं: नेकपा एकीकृत समाजवादी पार्टी र बामदेव गौतम नेतृत्वको नेकपा एकीकृत राष्ट्रिय आन्दोलनबीच एकीकरण भएको छ। दुई पार्टीबीच शुक्रबार एक समारोहमा एकता भएको थियो। केही दिनअघि एकता गर्ने सहमति भएको थियो।
पार्टी एकीकरण हुँदा आफू धेरै खुसी भएको बामदेव बताउँछन्। स्वयम्भूस्थित पार्टी कार्यालयबाट एकीकृत पार्टी कार्यालय पुग्न चार वर्ष लागेको उनले बताए। उनले आफू एक्लै नआएको पनि बताए। बामदेवले भने, “आज म नेकपा एकता राष्ट्रिय आन्दोलनको ७५ सदस्यीय केन्द्रीय समितिको समर्थनमा आएको हुँ।”
राष्ट्रिय सभा सदस्यसमेत रहेका बामदेवले पनि नेकपा एमालेमा सामेल हुन धेरै प्रयास गरेका थिए। पटक पटक वार्ता गर्दा पनि एमाले उचित व्यवस्था गर्न नसकेपछि निष्कर्षमा पुग्न सकेन। त्यसपछि उनले त्यहाँ नजाने घोषणा गरेका थिए।