काेलकाता: थाइल्याण्डको पुलिसले भिक्षुसँग यौनसम्पर्क गरी तस्बिर र भिडियो प्रयोग गरेर पैसा असुलेको आरोपमा एक महिलालाई पक्राउ गरेको छ।
पुलिसका अनुसार मिस गोल्फ भनेर चिनिने ती महिलाको कम्तीमा नौ जना भिक्षुसँग सम्बन्ध थियो।
पुलिसले बताएअनुसार उनले विगत तीन वर्षमा ब्ल्याकमेलिङ मार्फत करिब ३८ करोड ५० लाख भाट असुल गरेकी छन्। अनुसन्धानकर्ताले उनको घरमा खानतलासी गर्दा भिक्षुलाई ब्ल्याकमेल गर्न प्रयोग गरेका ८०,००० भन्दा बढी तस्बिर र भिडियो फेला पारेका छन्।
यो विषय बाहिर पहिलो पटक जुनको मध्यमा भिक्षुहरूको ध्यानमा आएको पुलिसले जनाएको छ। त्यसबेला बैंककमा एक महिलाले ब्ल्याकमेल गरेपछि एक मुख्य भिक्षु अचानक गृहस्थ बनेको उनीहरूले थाहा पाए।
पुलिसका अनुसार मिस गोल्फको मे २०२४ मा भिक्षुसँग सम्बन्ध थियो। पछि ती महिलाले आफू भिक्षुको बच्चाकी आमा भएको दाबी गरिन्। उनले भिक्षुसँग बच्चाको पालनपोषणका लागि ७० लाख भाटभन्दा बढी माग गरिन्।