नयाँ दिल्ली: स्वास्थ्य मन्त्रालयको तथ्याङ्क अनुसार, देशमा पछिल्लो २४ घण्टामा कोविड-१९ का सक्रिय केसहरू घटेर ४८४ भएकाे छ।
आज काेराेनाले पञ्जाब, महाराष्ट्र र केरलामा १-१ गरि ३ जनाकाे मृत्यु भएकाे छ।
स्वास्थ्य मन्त्रालयका अनुसार, पछिल्लो २४ घण्टामा यस रोगबाट ११९ जना निको भएका छन्।
यससँगै, जनवरी २०२५ देखि हालसम्म देशमा १६३ जनाको मृत्यु भएको छ भने यस रोगबाट २८,८२२ जना निको भएका छन्।