जमैका: अष्ट्रेलियाले जमैकाको किंग्स्टनमा इचिहास रच्यो। उनीहरूले वेष्ट इण्डिजलाई दोस्रो ईनिंग्स केवल २७ रनमा अलआउट गरे, जुन टेस्ट क्रिकेटको इतिहासमा कुनै पनि टीमको दोस्रो न्यूनतम स्कोर हो। वेष्ट इण्डिज समक्ष जीतको निम्ति २०४ रनको लक्ष्य रहेको थियो। यसरी अष्ट्रेलियाले तेस्रो टेस्ट म्याच (डे–नाइट)–मा १७६ रनले जीत हासिल गऱ्यो। यसको साथमा अष्ट्रेलियाले ३ वटा टेस्ट म्याचको सीरीज पनि ३–०–ले क्लीन स्वीप गऱ्यो। अष्ट्रेलियाले सीरीजको पहिलो टेस्ट म्याच १५९ र दोस्रो टेस्ट १३३ रनले जितेको थियो। स्टार्कले प्लेयर अव् द म्याच र सीरीजको पुरस्कार जिते। वेष्ट इण्डिजको दोस्रो ईनिंग्समा अष्ट्रेलियाका अन्य एक पेस बलर स्कट बोल्याण्डले ह्याट्रिक पनि गरे। उनले वेष्ट इण्डिजको ईनिंग्सको १४औं ओभरको पहिलो तीन बलमा जस्टिन ग्रीव्स, शमार जोसेफ र जोमेल वारिकनको विकेट लिए। टेस्ट क्रिकेटमा एउटा ईनिंग्समा सबैभन्दा कम्ती स्कोरमा अलआउट हुने रेकर्ड न्यूजील्याण्डको नाममा रहेको छ, जसले १९५५–मा ईंग्ल्याण्डविरुद्ध अकल्याण्डमा खेलिएको टेस्ट म्याचमा केवल २६ रन बनाएको थियो। वेष्ट इण्डिज एक समय २६ रनमा ९ विकेट गुमाएर त्यस रेकर्डको बराबरी गर्ने नजिक रहेको थियो तर एउटा मीसफिल्डले गर्दा टीमले १ रन बनायो।
जीतको निम्ति २०४ रनको लक्ष्यलाई अघि राखेर खेल्दै वेष्ट इण्डिजको शुरुवात नै खराब रह्यो अनि स्कोरबोर्डमा एक रन पनि नभइ टीमले शुरुवाती ३ विकेट गुमायो। वास्तवमा स्टार्कले ईनिंग्सको पहिलो ओभरमै ३ विकेट हासिल गरे। त्यसपछि आयोजक टीमले ईनिंग्सलाई सम्हाल्ने कुनै मौका पाएन। वेष्ट इण्डिजको दोस्रो ईनिंग्समा ७ जना ब्याटर शून्य रनमा आउट भए, जसमा कप्तान रोस्टन चेस पनि सामेल छन्। ग्रीव्सले सर्वाधिक ११ रन बनाए। यसरी वेष्ट इण्डिजको दोस्रो ईनिंग्स केवल १४.३ ओभरमा समाप्त भयो। आफ्नो १००औं टेस्ट म्याच खेलिरहेका स्टार्कको निम्ति यो म्याच यादगार रह्यो, जसले वेष्ट इण्डिजको दोस्रो ईनिंग्समा केवल ९ रन खर्च गरी ६ विकेट लिए। म्याचमा अष्ट्रेलियाले टस जितेर पहिला ब्याटिंग गर्दै २२५ रन बनाएको थियो। त्यसपछि वेष्ट इण्डिजले १४३ रन बनाउँदा अष्ट्रेलियालाई पहिलो ईनिंग्सको आधारमा ८२ रनको बढ़त हासिल भएको थियो। अष्ट्रेलियाले पछिबाट आफ्नो दोस्रो ईनिंग्समा १२१ रन बनाउँदा वेष्ट इण्डिजलाई म्याच जित्न २०४ रनको लक्ष्य हासिल भएको थियो।