डब्ल्यूटीसी टेबलमा भारत झरेर चौथो स्थानमा

IMG-20250715-WA0072

लर्ड्स: ईंग्ल्याण्डले भारतलाई तेस्रो टेस्ट म्याचमा २२ रनले पराजित गर्नको साथै आईसीसी वर्ल्ड टेस्ट च्याम्पियनशीप (डब्ल्यूटीसी) २०२५-२७ पोइण्ट्स टेबलमा ठूलो फेरबदल भयो। भारतीय टीमलाई ठूलो नोक्सान भएको छ। लर्ड्समा सोमवार सम्पन्न तेस्रो टेस्ट म्याचमा जीतको निम्ति १९३ रनको लक्ष्यलाई खेदो गर्दै भारतीय टीमले केवल १७० रन बनाउन सक्यो। यस जीतको साथमा ईंग्ल्याण्डले ५ वटा टेस्ट म्याचको सीरीजमा २-१-को बढ़त हासिल गऱ्यो। तेस्रो टेस्टमा जीत हासिल गर्नको साथै ईंग्ल्याण्डले तेस्रो स्थान हासिल गऱ्यो। यसरी भारत झरेर चौथो स्थानमा पुगेको छ। तीनवटा म्याचमा २ वटा जीतको साथ ईंग्ल्याण्डको २४ पोइण्ट्स पुगेको छ अनि अंक प्रतिशत ६६.६७ रहेको छ। यसरी भारतले ३ वटा म्याच खेलेर केवल एउटा जितेको छ। यस भारतसँग १२ पोइण्ट्स रहेको छ अनि अंक प्रतिशत ३३.३३ रहेको छ। श्रीलंका २ वटा म्याचमा एउटा जीत र एउटा ड्र-को साथ १६ पोइण्ट्स र ६६.६७ अंक प्रतिशतको साथ दोस्रो स्थानमा रहेको छ। वर्ल्ड टेस्ट च्याम्पियनशीप २०२५-२७ टेबलमा अहिले अष्ट्रेलिया शीर्ष स्थानमा रहेको छ। अष्ट्रेलियाले ३ वटा म्याच खेलेर तीनैवटा जितेको छ। यसरी उनीहरूसँग ३६ पोइण्ट्स र १००.०० अंक प्रतिशत रहेको छ। पाँचौं स्थानमा बंग्लादेश रहेको छ, जसले २ वटा टेस्ट खेलेर एउटा हार्नको साथै एउटा ड्र गरेको छ। बंग्लादेशसँग ४ पोइण्ट्स रहेको छ। यसरी छैटौं स्थानमा रहने वेष्ट इण्डिजले ३ वटा म्याच खेलेर तीनैवटा हारेर कुनै पोइण्ट हासिल गरेको छैन।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement