जालन्धर: विश्वका सबैभन्दा अधिक उमेर (११४ वर्ष) र चर्चित म्याराथन धावक फौजा सिंहको सड़क दुर्घटनामा मृत्यु भयो। प्राप्त जानकारी अनुसार, सोमवार बिहान घर बाहिर घुम्न निस्किदा एउटा कारले उनलाई धक्का दियो। कारले ठोक्किएर उनी सड़कमा लड़े। त्यसपछि परिजनहरूले उनलाई उपचारको निम्ति जालन्धरको निजी अस्पतालमा लगे तर डाक्टरहरूले उनलाई मृत घोषित गरे। फौजा सिंह सेवानिवृत्त म्याराथन धावक हुन्। उनले धेरै आयु वर्गहरूमा धेरै विश्व रेकर्ड तोड़ेका छन्। उनको व्यक्तिगत सव्रश्रेष्ठ समय लण्डन म्याराथन (२००३)-मा आएको थियो, जब उनले ६ घण्टा २ मिनटमा दौड़ पूरा गरेका थिए। यसरी उनको ९० वर्षभन्दा अधिकको आयु वर्गको म्याराथनको सर्वश्रेष्ठ समय ५ घण्टा ४० मिनट रहेको छ, जुन उनले ९२ वर्षको उमेरमा २००३-को टोरण्टो वारफ्रण्ट म्याराथनमा हासिल गरेका थिए। खेल जगतमा फौजा सिंहलाई टर्बण्ड टर्नेडो, रनिंग बाबा र सिख सुपरम्यानको नामले पनि चिनिन्छ। फौजाको जन्म पञ्जाबको जालन्धरमा भएको थियो। ब्रिटेनमा बसाई सर्न अघि उनले भारतमा खेती किसानको काम गर्थे। लामो समयदेखि ब्रिटेनमा बसे पनि उनले हिन्दी या अंग्रेजी नभएर केवल पञ्जाबी भाषा बोल्थे। चाखलाग्दो कुरा के छ भने सबैभन्दा अधिक उमेरको म्याराथन धावकको रूपमा ख्याति अर्जन गर्ने फौजा वाल्यकालमा हिँड़न पनि सक्दैनन् थिए। उनले ५ सालको उमेरमा मात्र हिँड़न शुरु गरेका थिए। पञ्जाबका पूर्व मुख्यमन्त्री क्याप्टन अमरिन्दर सिंहले फौजा सिंहको निधनमा शोक व्यक्त गरेका छन्।