सिरहा(नेपाल): सिरहा नगरपालिका वार्ड नं. २० स्थित सिकाज्योतीका बाल ब्रह्मचारी त्यागी युरिया बाबाको आज ११८ वर्षको उमेरमा निधन भएको छ। धरानस्थित एक अस्पतालबाट रेफर भई घर फर्किएपछि आजै घरमै निधन भएको स्थानीयहरूले जनाएका छन्।
दीर्घ समयदेखि तपस्या र साधनामा लागेका युरिया बाबा स्थानीय समुदायमा अत्यन्तै सम्मानित व्यक्तित्वका रूपमा चिनिन्थे।