रियल म्याड्रिडलाई पराजित गरी पीएसजी फिफा क्लब वर्ल्ड कपको फाइनलमा

IMG-20250710-WA0081

न्यूयोर्क: फ्रान्सीसी क्लब पेरिस सेण्ट जर्मेन (पीएसजी)-ले फिफा क्लब वर्ल्ड कपको फाइनलमा प्रवेश गऱ्यो। यूरोपियन च्याम्पियन पीएसजी-ले दोस्रो सेमिफाइनल म्याचमा रियल म्याड्रिडलाई ४–०-ले पराजित गऱ्यो। पीएसजी-को निम्ति फेबियन रुईजले सर्वाधिक २ गोल गरे। अब फाइनल म्याचमा पीएसजी-को भिड़न्त चेल्सीसँग हुनेछ। प्रीमियर लीगको क्लब चेल्सीले पहिलो सेमिफाइनलमा फ्लूमिनेन्सलाई २–०-ले पराजित गऱ्यो। फाइनल म्याच ईष्ट रदरफोर्डको मेटलाइफ स्टेडियममा भारतीय समयानुसार १४ जुलाई राति १२ः३० बजीदेखि शुरु हुनेछ। मेटलाइफ स्टेडियममा ६९ प्रतिशत पोजेशनको साथ खेल्ने यूएफा च्याम्पियन्स लीग विजेता पीएसजी-ले स्पेनिश क्लब रियल म्याड्रिडलाई पूरा म्याचमा अधिक मौका दिएन। फ्रान्सीसी क्लबले शुरुमै बढ़त हासिल गऱ्यो। रूईजले टीमलाई छैटौं मिनटमै बढ़त दिलाए। त्यसपछि औस्माने डेम्बेलेले नवौं मिनटमा गोल गरी पीएसजी-को बढ़तलाई दोब्बर पारे। शुरुवाती १० मिनटमै २ गोल खाएपछि रियल म्याड्रिडले म्याचमा फर्किने मौका पाएन। स्टेडियममा दर्शकहरूका भरपूर समर्थन पाए पनि रियल म्याड्रिडले मौकाहरूलाई सदुपयोग गर्न सकेन। रुईजले पछिबाट २४औं मिनटमा अझ एक गोल गरी स्कोर ३–० पुऱ्याए। हाफ टाइमपछि पीएसजी-ले डिफेन्समा अधिक ध्यान दियो। यस अवधि रियल म्याड्रिडले गोल गर्ने प्रयास गरे पनि सफलता हासिल गर्न सकेन। यसबीच गोन्कालो रामोसले ८७औं मिनटमा अझ एक गोल गरी पीएसजी-लाई ४–०-ले जीत दिलाए।
यसअघि चेल्सी १३ सालपछि क्लब वर्ल्ड कपको फाइनलमा पुग्यो। क्लबले सेमिफाइनलमा गत संस्करणको उपविजेता फ्लूमिनेन्सलाई २–०-ले पराजित गऱ्यो। चेल्सीको निम्ति २३ वर्षीय जाओ पेड्रो नायक रहे, जसले म्याचको दुवै गोल गरे। चेल्सी यसअघि २०१२-मा पहिलोपल्ट क्लब वर्ल्ड कपको फाइनलमा पुगेर ब्राजीलको क्लब कुरिन्थियोविरुद्ध पराजित भएको थियो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement