रुटलाई पछि छोड़ेर ब्रूक बने शीर्ष टेस्ट ब्याटर

IMG-20250710-WA0079

दुबई: भारतीय कप्तान शुभमन गिलले ईंग्ल्याण्डविरुद्ध बर्मिंघममा भएको दोस्रो टेस्ट म्याचमा असाधारण प्रदर्शनको सहायताले १५ स्थान माथि चड़ेर आईसीसी टेस्ट ब्याटरहरूका ऱ्याङकिंगमा छैटौं स्थान हासिल गरेका छन्। यसरी ईंग्ल्याण्डका ब्याटर ह्यारी ब्रूक आफ्नै साथी जो रुटलाई पछि छोड़ेर शीर्ष स्थानमा पुगेका छन्। अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी)-द्वारा जारी ताजा टेस्ट ऱ्याङकिंग अनुसार एजबेस्टनमा पहिलो ईनिंग्समा १५८ रन बनाउने ईंग्ल्याण्डका ब्याटर ब्रूकले आफ्नै टीमका रुटलाई उछिनेर शीर्ष स्थान हासिल गरेका छन्। अहिले उनी रुटभन्दा १८ रेटिंग पोइण्ट्स अघि रहेका छन्। रुट दोस्रो स्थानमा रहेका छन्। यसरी दोस्रो टेस्टमा २६९ र १६१ रनको ऐतिहासिक ईनिंग्स खेल्ने भारतीय टेस्ट कप्तान गिलले १५ स्थानको सुधार गरी छैटौं स्थान हासिल गरेका छन्। उनले आफ्नो करियरको सर्वश्रेष्ठ ८०७ रेटिंग पोइण्ट्स पनि हासिल गरेका छन्।
यसबाहेक केन विलियम्सन तेस्रो, यशस्वी जयसवाल चौथो र स्टीव स्मिथ पाँचौं स्थानमा रहेका छन्। आफ्नो करियरको सर्वश्रेष्ठ अविजित १८४ रनको ईनिंग्स खेल्ने ईंग्ल्याण्डका विकेटकीपर ब्याटर जेमी स्मिथलाई पनि फाइदा भएको छ अनि उनी १६ स्थान अघि बढ़ेर १०औं स्थानमा पुगेका छन्। जिम्बाब्वेविरुद्ध दोस्रो टेस्ट म्याचमा अविजित ३६७ रनको विशाल ईनिंग्स खेल्ने दक्षिण अफ्रिकाका वियान मुल्डरलाई ब्याटर र अलराउण्डर दुवैको ऱ्याङकिंगमा फाइदा भएको छ। उनी ब्याटरहरूका ऱ्याङकिंगमा ३४ स्थान अघि बढ़ेर २२औं स्थानमा पुगेका छन्। यसरी उनी अलराउण्डरहरूका ऱ्याङकिंगमा पनि १२ स्थान अघि बढ़ेर तेस्रो स्थानमा पुगेका छन्। अलराउण्डरहरूका ऱ्याङकिंगमा रविन्द्र जडेजा शीर्ष स्थानमा कायम छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement