तेस्रो टी२० म्याचको साथमा सीरीज जित्न सफल भारतीय महिला टीम

IMG-20250710-WA0077

म्यानचेष्टर: भारतीय महिला क्रिकेट टीमले ब्याट र बल दुवैको साथ लड़ाकू प्रदर्शन गर्दै चौथो महिला टी२० इण्टरनेशनल म्याचमा आयोजक ईंग्ल्याण्डलाई ६ विकेटले पराजित गरी ५ वटा म्याचको सीरीजमा ३–१-को अजेय बढ़त हासिल गऱ्यो। ओल्ड ट्रेफर्ड मैदानमा टस जितेर पहिला ब्याटिंग गर्दै ईंग्ल्याण्डले २० ओभरमा ७ विकेट गुमाएर १२६ रन बनायो। जवाफमा भारतले १२७ रनको लक्ष्यलाई १७ ओभरमै ४ विकेट गुमाएर हासिल गऱ्यो। भारतको निम्ति शीर्ष चारजना खेलाड़ीले उल्लेखनीय योगदान दिइन्। यसमा स्मृति मन्धनाले ३२, शेफाली वर्माले ३१, जेमिमा रोड्रिग्सले अविजित २४ र कप्तान हरमनप्रीत कौरले २६ रनको योगदान दिइन्। मन्धना र शेफालीले पहिलो विकेटको निम्ति ४२ बलमा ५६ रनको पार्टनरशीप गरिन्। असल शुरुवात हासिल गरेपछि भारतलाई म्याच जित्न समस्या भएन। रिचा घोष ७ रनमा अविजित रहिन्। शेफालीले ६ र मन्धनाले ५ वटा चौका लगाइन्। यसअघि पहिला ब्याटिंग गर्दै ईंग्ल्याण्डले लगातार अन्तरालमा विकेट गुमायो। श्री चरणी र राधा यादवले उत्कृष्ट बलिंग गर्दै विपक्षी टीमलाई तेजीको साथ रन बनाउन दिइनन्। ईंग्ल्याण्डको निम्ति सोफिया डंंकलीले २२ र कप्तान टेमी ब्यूमोण्टले २० रन बनाइन्। यसबाहेक एलिस केप्सीले १८ रनको योगदान दिइन्। भारतीय बलरहरूमा श्री चरणी र राधा यादवले २–२ विकेट हासिल गरिन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement