लाल सागरमा जहाजमाथि आक्रमण, चालक दलका दुईको मृत्यु

IMG-20250709-WA0063

यमन: यमनको तट लाल सागरमा लाइबेरियाली झण्डा बोकेको कार्गो जहाजमाथि आक्रमण भएको छ। आक्रमणमा चालक दलका दुई सदस्यको मृत्यु भएको छ।
अन्तर्राष्ट्रिय समुद्री संगठनका लागि लाइबेरियाका प्रतिनिधिले जहाजमाथि क्रूर आक्रमण भएको र दुई नाविकको मृत्यु भएको बताए।
बेलायतको समुद्री व्यापार सञ्चालन एजेन्सीले साना डुङ्गाबाट प्रहार गरिएका रकेट–प्रोपेल्ड ग्रेनेड (आरपीजी)बाट जहाज क्षतिग्रस्त भएको जानकारी दिएको छ। आक्रमणपछि जहाज समुद्रमा ढल्केको थियो।
रोयटर्सका अनुसार इटरनिटी सी जहाजमा फिलिपिन्सका ११ र रुसका एक जनासहित कुल २२ जना चालक दलका सदस्य छन्।
अहिलेसम्म कुनै पनि समूहले यस आक्रमणको जिम्मेवारी लिएको छैन।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement