सिलगढ़ी: हिजो (सोमवार) राति सिलगढीको एक नर्सिङ होममा उपचारको क्रममा बिमल खातीवड़ा माईलाको निधन भएको हो।
पारिवारिक सूत्रका अनुसार अचानक पेटसम्बन्धी रोगले थला पारेपछि सिलगढीको एक नर्सिङ होममा भर्ती गरिएको थियो।
२२जुलाई १९८० मा कालेबुङ जिल्लाको कास्योन, साम्दोङ्ग, पेदोङमा जन्मिएको कवि खातीवड़ा माईला हाल सिलगढीको देविडाँगा, चम्पासरीमा बस्दै आइरहेका थिए भने स्थानीय लिटल एन्जल्स स्कुल मिलनमोडमा अंग्रेजी शिक्षकको पेशासँग संलग्न थिए। उनले आफुपछि श्रीमति अम्बिका शर्मा अनि पुत्रद्वय अभिनय र अभियान शर्मालाई छोडेर गएका छन्।