नयाँ दिल्ली: स्वास्थ्य मन्त्रालयको तथ्याङ्क अनुसार, देशमा पछिल्लो २४ घण्टामा कोविड-१९ का सक्रिय केसहरू घटेर ८६८ भएकाे छ।
आज काेराेनाले मध्य प्रदेश र हरियाणामा १-१ गरी २ जनाकाे मृत्यु भएकाे छ।
स्वास्थ्य मन्त्रालयका अनुसार, पछिल्लो २४ घण्टामा यस रोगबाट १९२ जना निको भएका छन्।
यससँगै, जनवरी २०२५ देखि हालसम्म देशमा १५४ जनाको मृत्यु भएको छ भने यस रोगबाट २७,८०२ जना निको भएका छन्।