नयाँ दिल्ली: स्वास्थ्य मन्त्रालयको तथ्याङ्क अनुसार, देशमा पछिल्लो २४ घण्टामा कोविड-१९ का सक्रिय केसहरू घटेर १,०६१ भएकाे छ। आज काेराेनाले महाराष्ट्रमा १ र केरलमा २ जनाकाे मृत्यु भएकाे छ।
स्वास्थ्य मन्त्रालयका अनुसार, पछिल्लो २४ घण्टामा यस रोगबाट १६६ जना निको भएका छन्।
यससँगै, जनवरी २०२५ देखि हालसम्म देशमा १५१ जनाको मृत्यु भएको छ भने यस रोगबाट २७,४८४ जना निको भएका छन्।