नयाँ दिल्ली: स्वास्थ्य मन्त्रालयको तथ्याङ्क अनुसार, देशमा पछिल्लो २४ घण्टामा कोविड-१९ का सक्रिय केसहरू घटेर १,०८९ भएकाे छ। आज काेराेनाले महाराष्ट्रमा १ जनाकाे मृत्यु भएकाे छ।
स्वास्थ्य मन्त्रालयका अनुसार, पछिल्लो २४ घण्टामा यस रोगबाट २४९ जना निको भएका छन्।
यससँगै, जनवरी २०२५ देखि हालसम्म देशमा १४८ जनाको मृत्यु भएको छ भने यस रोगबाट २७,३१८ जना निको भएका छन्।