यूएसको टेक्सासमा बाढीले १३ जनाको मृत्यु

IMG-20250705-WA0005

टेक्सास: अमेरिकाको टेक्सासमा बाढीका कारण १३ जनाको ज्यान गएको छ। ठूलो पानी परेपछि ग्वाडालुपे नदीमा बाढी आएको हो। बाढीका कारण कम्तीमा १३ जनाको ज्यान गएको बीबीसीले जनाएको छ। स्थानीय ख्रीष्टियन शिविर ‘क्याम्प मिस्टिक’ बाट २० जनाभन्दा धेरै बालबालिका बेपत्ता भएका छन्।
टेक्सासका उप–गभर्नर ड्यान प्याट्रिकका अनुसार शिविरमा सात सय ५० को सङ्ख्यामा बालबालिका रहेका र तीमध्ये अवस्था थाहा हुन नसकेका बालबालिकाको खोजी भइरहेको छ। शिविरबाट उद्धार गरिएका बालबालिकालाई हेलिकप्टरमार्फत सुरक्षित ठाउँमा सारिएको छ। अन्य वरपरका शिविरका बालबालिका सुरक्षित रहेका छन्।
केरविले शहरका मेयर जो हेयरिङ जुनियरले आपतकालीन विपद् अवस्थाको घोषणा गर्नुभएको छ। टेक्सासका गभर्नर ग्रेग एबटले सामाजिक सञ्जाल ‘एक्स’ मार्फत सबै उपलब्ध स्रोत परिचालन गरिएको जानकारी दिनुभएको छ। उहाँले राष्ट्रपति डोनाल्ड ट्रम्पसँग पनि समन्वय गरिएको र आवश्यक परेको जुनसुकै सहयोग गर्न प्रतिबद्धता जनाउनुभएको खबरमा उल्लेख छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement