जापानमा दुई हप्ताभित्र ९०० भन्दा बढी गयो भूकम्प

IMG-20250703-WA0121

टोक्यो: दुई हप्तामा जापानको दुर्गम र कम जनसंख्या भएका टापुमा ९०० भन्दा बढी पटक भूकम्पको महसुस गरिएको छ। यसले गर्दा यस क्षेत्रका मानिस चिन्तित र रातभर सुत्न सकेका छैनन्।
बुधबारको ५.५ म्याग्निच्युडको भूकम्पपछि अधिकारीहरूले जुन २१ देखि टोकारा टापु वरपरको समुद्रमा भूकम्पीय गतिविधि धेरै सक्रिय रहेको बताएका छन्।
अधिकारीहरूले कतैबाट कुनै क्षतिको समाचार नआएको र सुनामीको चेतावनी पनि जारी नगरिएको बताए। तर आवश्यक परेमा मानिसहरूलाई तयार रहन भनिएको छ।
‘रातमा यहाँ सुत्न धेरै डरलाग्दो भएको छ,’ एक स्थानीय बासिन्दाले क्षेत्रीय प्रसारक एमबीसीलाई भने,‘यस्तो लाग्छ कि घर सधैँ हल्लिरहेको छ।’
जापान विश्वको सबैभन्दा भूकम्पीय सक्रिय देश मध्ये एक हो। यहाँ हरेक वर्ष करिब १,५०० भूकम्प जान्छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement