सियोल: दक्षिण कोरियाली सांसदले मार्शल लसँग सम्बन्धित नियम संशोधन गर्न मतदान गरेका छन्। यसअन्तर्गत अब सांसदलाई राष्ट्रिय सभामा प्रवेश गर्न कसैले रोक्न सक्ने छैनन्।
यसका साथै बिहीबार पारित संशोधनले राष्ट्रिय सभामा सेना र पुलिसको प्रवेशलाई पनि निषेध गरेको छ। अब उनीहरूलाई प्रवेश गर्न सभामुखको अनुमति आवश्यक पर्नेछ।
गत वर्ष डिसेम्बरमा पूर्व राष्ट्रपति युन सुक–योलले केही समयका लागि देशमा मार्शल ल लगाएका थिए। यसको विरुद्धमा मतदान गर्न सांसदहरूले पर्खाल नाघेर जानुपर्ने अवस्था थियो।
राजनीतिक समस्याका कारण युन सुक–योलले डिसेम्बर ३, २०२४ मा मार्शल ल लागू गरे। यसपछि सैन्य बलले त्यस रात राष्ट्रिय सभालाई घेरेका थिए।