स्मृति मन्धना टी२० ब्याटरहरूकी ऱ्याङकिंगमा तेस्रो स्थानमा

IMG-20250701-WA0075

दुबई: भारतीय उपकप्तान स्मृति मन्धना मंगलवार आईसीसी महिला टी२० ब्याटरहरूकी ऱ्याङकिंगमा एक स्थान अघि बढ़ेर तेस्रो स्थानमा पुगेकी छन्। वनडे ब्याटरहरूकी ऱ्याङकिंगमा शीर्ष स्थानमा रहने मन्धनाले ईंग्ल्याण्डविरुद्ध ५ वटा टी२० म्याचको सीरीजअन्तर्गत पहिलो म्याचमा शतक बनाएकी थिइन्। त्यस म्याचमा उनले हरमनप्रीत कौरकी स्थानमा कप्तानी पनि गरेकी थिइन्। म्याचमा उनले १५ वटा चौका र ३ वटा छक्काको साथ ६२ बलमा ११२ रन बनाएकी थिइन् अनि भारतले ९७ रनले म्याच जितेको थियो। मन्धनासँग अहिले ७७१ रेटिंग पोइण्ट्स रहेको छ, जुन उनको करियरको सर्वोच्च हो। वेष्ट इण्डिजकी हेली म्याथ्यूज ७७४ पोइण्ट्सको साथ दोस्रो र अष्ट्रेलियाकी बेथ मूनी ७९४ पोइण्ट्सको साथ पहिलो स्थानमा रहेकी छन्। भारतकी शेफाली वर्मा एक स्थान अघि बढ़ेर १३औं जबकि हरलीन देयोल ८६औं स्थानमा रहेकी छन्। बलरहरूकी ऱ्याङकिंहमा ईंग्ल्याण्डकी पेस बलर लौरेन बेल चोथो स्थानमा पुगेकी छन्। पाकिस्तानी स्पिनर सादियो इकबाल शीर्ष स्थानमा रहेकी छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement