बर्मिंघम: ईंग्ल्याण्डविरुद्ध ५ वटा टेस्ट म्याचको सीरीजको पहिलो म्याच हारिसकेको भारतीय टीमको लक्ष्य दोस्रो टेस्ट म्याचमा जीतको साथ पुनरागमन गर्ने हुनेछ। सीरीजको दोस्रो टेस्ट म्याच एजबेस्टनमा खेलिनेछ, जसमा प्रमुख पेस बलर जसप्रीत बुमराहलाई आराम दिइने सम्भावना छ। लीड्स टेस्ट म्याचमा बुमराहले करियरमा १४औं पल्ट ५ विकेट हासिल गरी ईंग्ल्याण्डमाथि दबाउ सृष्टि गरेका थिए तर उनलाई अन्य बलरहरूबाट साथ प्राप्त भएन। मोहम्मद सिराजले प्रभावशाली बलिंग गर्न सकेनन् जबकि प्रसिद्ध कृष्णा महँदो साबित भए। यसबाहेक शार्दुल ठाकुरले बलिंग गर्ने अधिक मौका पाएनन्। भारत र ईंग्ल्याण्डबीच दोस्रो टेस्ट म्याच २ जुलाईदेखि शुरु हुनेछ।
म्ययाचमा बुमराहलाई आराम दिइए पेस आक्रमणको अगुवाई सिराजले गर्नेछन् जबकि उनी आफ्नो सर्वश्रेष्ठ फर्ममा छैनन्। २०२४ देखि उनले १९ वटा ईनिंग्समा ३७.५ को औसतले केवल २८ विकेट लिएका छन्। यस अवधि उनले एकपल्ट पनि ईनिंग्समा ५ विकेट लिएका छैनन्। एजबेस्टनको मैदानमा उनले केवल एउटा म्याच खेलेका छन्। २०२२ मा ईंग्ल्याण्डविरुद्ध खेलिएको म्याचमा सिराजले पहिलो ईनिंग्समा ४ विकेट हासिल गरेका थिए जबकि दोस्रो ईनिंग्समा उनलाई कुनै सफलता हासिल भएको थिएन। लीड्समा यस ३१ वर्षीय बलरलाई केवल २ विकेट प्राप्त भएको थियो अनि उनले १७३ रन खर्च गरेका थिए। यसरी प्रसिद्ध कृष्णाले त २०० भन्दा अधिक रन खर्च गरेका थिए, जसले म्याचको नतीजामा असर गरेको थियो।
अब बुमराहले दोस्रो टेस्ट म्याच नखेले सिराज र प्रसिद्धमाथि सबैको नजर रहनेछ। दोस्रो टेस्ट म्याचमा शार्दुलको स्थानमा अर्शदीप सिंहलाई खेलाइने सम्भावना छ।
साधारणत एजबेस्टनको पीचलाई स्पिन बलरहरूका निम्ति फाइदाजनक मानिन्छ। यसैकारण माइकल क्लार्क, इयान च्यापल र मोहम्मद अजहरुद्दीन जस्ता दिग्गजहरूले स्पिनर कुलदीप यादवलाई अन्तिम एकादशमा सामेल गर्ने सल्लाह दिएका छन्। दोस्रो टेस्ट म्याचको निम्ति प्रयोग गरिने पीच सुक्खा रहने सम्भावना छ। क्लार्कले एउटा कार्यक्रममा भने, बलिंगको दृष्टिकोणले कुनै एकजना खेलाड़ीमाथि जोर दिन चाहदिनँ तर मेरो विचारमा कुलदीप यादवलाई खेलाउनु सही रहनेछ। यो सजिलो फसेला हुनु पर्ने कारण उनी विकेट लिने बलर हुन्।
भारतको निम्ति २०१७ मा टेस्ट पदार्पण गर्ने कुलदीपले अहिलेसम्म १३ वटा टेस्ट म्याच खेलिसकेका छन्। यसमा उनले ३.५५ को इकोनमीले बलिंग गर्दै ५६ विकेट लिएका छन्। ईंग्ल्याण्डमा उनले अहिलेसम्म केवल एउटा टेस्ट म्याच (लीड्समा) खेलेका छन्। २०१८ मा उनले ईंग्ल्याण्डको माटोमा खेल्ने मौका पाएका थिए तर उनले एक विकेट पनि हासिल गर्न सकेका थिएनन्। यसपाली एजबेस्टनमा खेल्ने मौका पाए उनले आफ्नो प्रदर्शनद्वारा प्रभावित गर्ने प्रयास गर्नेछन्। ईंग्ल्याण्डविरुद्ध कुलदीपले अहिलेसम्म ६ वटा टेस्ट म्याच खेलेका थिए। यसमा उनले २१ विकेट लिएका छन्। यसमा उनले अधिकांश म्याच नै भारतीय माटोमा खेलेका छन्।