विम्बल्डनः कार्लोस अल्काराज र सबालेंकाको जीत, मेदवेदेवको हार

photocollage_202571135746897

लण्डन: गत दुईपल्टका च्याम्पियन स्पेनका कार्लोस अल्काराजले पहिलो राउण्डको म्याचमा इटलीका अनुभवी खेलाड़ी फेबियो फोगनिनीलाई पराजित गरी प्रतिष्ठित ग्राण्ड स्ल्याम विम्बल्डन टेनिस च्याम्पियनशीपको दोस्रो राउण्डमा प्रवेश गरे। यसरी रुसका दानिल मेदवेदेव चाहिँ उलटफेरको शिकार बने। पुरुष एकलमा ब्रिटिश क्वालीफायर ओलिवर टार्वेटले पनि अघिल्लो राउण्डमा स्थान बनाए। च्याम्पियनशीपमा दोस्रो वरीयता प्राप्त २२ वर्षीय अल्काराजले ४ घण्टाभन्दा अधिक चलेको म्याचमा ७-५, ६-७ (५-७), ७-५, २-६, ६-१-ले जीत हासिल गरे। सेण्टर कोर्टमा खेलिएको यस म्याचमा इटलीका खेलाड़ीले अल्काराजले कड़ा चुनौती दिए। विम्बल्डनमा यो अल्काराजको लगातार १९औं जीत हो। उनले जून महिनाको शुरुवातमा फ्रेञ्च ओपनमा विश्वका नम्बर एक खेलाड़ी यानिक सिनरलाई पराजित गरी करियरको ५औं ग्राण्ड स्ल्याम खिताब जितेका थिए। दोस्रो राउण्डमा अल्काराजको सामना ब्रिटेनका टार्वेटसँग हुनेछ, जसले लिएण्ड्रो रेडीलाई ६-४, ६-४, ६-४-ले पराजित गरे।
यसबीच पुरुष एकलमा नवौं वरीयता प्राप्त मेदवेदेव चाहिँ ६४औं ऱ्याङकिंग भएको बेञ्जामिन बोञ्जीविरुद्ध ७-६ (२), ३-६, ७-६ (३), ६-२-ले उलटफेरको शिकार बने। गत वर्ष विम्बल्डनको सेमिफाइनलमा पुग्ने मेदवेदेव लगातार दोस्रो ग्राण्ड स्ल्यामको पहिलो राउण्डमा बाहिर भए। रुसका खेलाड़ी फ्रेञ्च ओपनमा पनि शुरुवाती चरणमै बाहिर भएका थिए। यसरी अष्ट्रेलियन ओपनमा उनले दोस्रो राउण्डमा हारको सामना गर्नु परेको थियो।
यसरी महिला एकलमा विश्वकी नम्बर एक खेलाड़ी बेलारुसकी आर्यना सबालेंकाले सालको तेस्रो ग्राण्ड स्ल्याममा असल शुरुवात गरिन्। खिताबको प्रबल दावेदारको रूपमा खेलिरहेकी सबालेंकाले पहिलो राउण्डमा कनाडाकी कार्सन ब्रेन्स्टीनलाई ६-१, ७-५-ले पराजित गरिन्। यो सबालेंकाको विश्वकी नम्बर १ खेलाड़ीकको रूपमा डब्ल्यूटीए टूरमा ५०औं जीत हो। यस उपलब्धिलाई हासिल गर्ने उनी यस शताब्दीकी नवौं खेलाड़ी बनिन्। यसबीच दुईपल्टकी विम्बल्डन फाइनलिष्ट ट्यूनिशियाकी ओन्स जेब्यूर चाहिँ पहिलो राउण्डमै बाहिर भइन्। भीषण गर्मीले गर्दा उनले बीचमै म्याच छोड़्नु पऱ्यो। एक समय विश्वकी नम्बर २ खेलाड़ी रहिसकेकी ३० वर्षीय जेब्यूरले बुल्गेरियाकी भिक्टोरिया टोमोवाविरुद्ध दोस्रो सेटमा म्याच छोड़्ने फसेला गरिन्। त्यस समय म्याचमा बुल्गेरियाकी खेलाड़ी ७-६ (७-५), २-०-ले अघि रहेकी थिइन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement