फिफा क्लब वर्ल्ड कपः इण्टर मिलान र म्यानचेष्टर सिटीलाई पराजित गरी फ्लूमिनिस र अल-हिलाल क्वार्टर फाइनलमा

photocollage_20257113538565

फ्लोरिडा: फिफा क्लब वर्ल्ड कपको प्री-क्वार्टर फाइनल राउण्डमा २ वटा ठूलो उलटफेर देख्न पाइयो। यूरोपको २ प्रमुख क्लबलाई पराजित गरी फ्लूमिनिस र अल-हिलालले क्वार्टर फाइनलमा प्रवेश गऱ्यो। सऊदी अरबको क्लब अल-हिलालले मंगलवार बिहान ठूलो उलटफेर गर्दै ईंग्लिश प्रीमियर लीग क्लब म्यानचेष्टर सिटीलाई ४-३-ले पराजित गऱ्यो। क्याम्पिंग वर्ल्ड स्टेडियममा खेलिएको म्याच चरम रोमाञ्चक र प्रतिस्पर्धी रह्यो। नियमित समयको खेलमा स्कोर २-२-को बराबरीमा रहेको थियो। म्याचमा ६९ प्रतिशत पोजेशनको साथ खेल्ने सिटीले अल-हिलालबाट कड़ा चुनौतीको सामना गर्नु पऱ्यो। बर्नाल्डो सिल्वाले नवौं मिनटमै सिटीलाई बढ़त दिलाए पनि मार्कोस लियोनार्दोले ४६औं मिनटमा स्कोर बराबरीमा पुऱ्याए। त्यसपछि माल्कमले ५२औं मिनटमा गोल गरेर अल-हिलाललाई २-१-ले अघि पारे। म्यानचेष्टर सिटीले पनि चाँड़ै एर्लिंग हालाण्डको गोलको सहायताले स्कोर बराबरीमा पुऱ्यायो। नर्वेका स्टार फरवर्डले ५५औं मिनटमा गोल गरे। नियमित समयको खेलमा दुवै टीमले थप गोल गर्न नसक्दा म्याचको फसेला अतिरिक्त समयको खेलमा भयो। कालीदो कौलीबालीले ९४औं मिनटमा सऊदीको क्लबलाई ३-२-को बढ़त दिलाए तर फिल फोडेनले १०४औं मिनटमा गोल गरी सिटीलाई फेरि ३-३-को बराबरीमा पुऱ्याए। अन्तमा मार्कोस लियोनार्दोले ११२औं मिनटमा व्यक्तिगत दोस्रो गोलको साथ अल-हिलाललाई यादगार जीत दिलाए।
अन्य एउटा प्री-क्वार्टर फाइनल म्याचमा रियो डी जेनेरियोको क्लब फ्लूमिनिसले च्याम्पियन्स लीगको उपविजेता क्लब इण्टर मिलानलाई २-०-ले पराजित गरी सबैलाई चकित पाऱ्यो। टुर्नामेण्टको जारी संस्करणमा यो सबैभन्दा ठूलो उलटफेर हो। ब्यांक अव् अमेरिका स्टेडियममा ३१ प्रतिशत बल पोजेशनको साथ खेल्ने ब्राजीलको क्लबलाई जर्मन कानोले तेस्रो मिनटमै बढ़त दिलाए। त्यसपछि हर्क्यूलसले म्याचको अन्तिम क्षण (इञ्ज्युरी टाइमको तेस्रो मिनट)-मा अझ एक गोल गरी इण्टरको हार सुनिश्चित गरे। इटलीको क्लबले विपक्षी पोस्टमा १६ पल्ट हमला गरे पनि गोल गर्न सकेन। फ्लूमिनिसले अब ५ जुलाईमा खेलिने पहिलो क्वार्टर फाइनल म्याचमा अल-हिलालको सामना गर्नेछ। यसले गर्दा सेमिफाइनलमा कम्तीमा एउटा गैर यूरोपेली टीम पुग्ने तय भएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement