ब्रिजटाउन (बारबाडोस): वेष्ट इण्डिजका प्रशिक्षक डेरेन सेमीमाथि बारबाडोसमा अष्ट्रेलियाविरुद्ध पहिलो टेस्ट म्याचको अवधि टीभी अम्पायर एड्रियन होल्डस्टकको सार्वजनिक रूपले आलोचना गरेकोमा म्याच फीसको १५ प्रतिशत जरिमाना लगाइयो। सेमीले दोस्रो दिनको खेल समाप्त भएपछि तेस्रो अम्पायरको फसेलाहरूको आलोचना गरेका थिए। यसको साथमा उनले निर्णय समीक्षा प्रणाली (डीआरएस)-को फसेलाहरूमा निरन्तरताको माग गरेका थिए। होल्डस्टकको विकेटपछि क्याचको मामिलामा पठाइएको दुईवटा एकै थरीको मामिलामा फसेला अलग-अलग रहँदा सेमीले निराशा व्यक्त गरेका थिए। यसमा अष्ट्रेलियाका ब्याटर ट्रेविस हेडलाई नटआउट जबकि वेष्ट इण्डिजका विकेटकीपर ब्याटर शाई होपलाई आउट दिइएको थियो। यसको साथमा वेष्ट इण्डिजका प्रशिक्षकले टीमका कप्तान रोस्टन चेस र अष्ट्रेलियाका क्यामरन ग्रीनसँग सम्बन्धित एलबीडल्यू रेफरलको कुरा पनि उल्लेख गरे। वेष्ट इण्डिज टेस्ट टीमका प्रशिक्षकको रूपमा आफ्नो पहिलो टेस्टमा ४१ वर्षीय सेमीले म्याच अधिकारी प्रति सार्वजनिक आलोचना या अनुचित टिप्पणीको निम्ति आईसीसीको आचार संहिताको उल्लंघनको दोषलाई स्वीकार गरेका छन्। यसले गर्दा औपचारिक सुनुवाईको आवश्यकता परेन। अष्ट्रेलियाले पहिलो टेस्ट म्याचमा १५९ रनले जीत हासिल गरेको थियो।